back

खुशिको खबर ! आजदेखि प्रभु बैंकले ल्यायो मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा

काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोनसुविधा आज देखि सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लिमिटेडका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख रुपैयाँ सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् ।

यो सुविधा हालको लागि प्रभु बैंक लि. मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ ।

यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयर बाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् ।

फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ ।

यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिने कुरामा भन्ने बैंकले विश्वास लिएको छ ।

 


सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशत छुट

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशत छुट

वि.सं.२०८१ जेठ २ बुधवार ११:५६

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रा. लि.बीच...

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वि.सं.२०८१ जेठ २ बुधवार ११:४१

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति ब्याज दिँदैछ ?

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति ब्याज दिँदैछ ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१२

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...