back
himalayan life

बाजुराको बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सव ः १ करोड ४० लाख रकम बढी संकलन

बाजुरा । बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट न्यूनतम १ करोड ४० लाख रकम बढी संकलन भएको छ ।

मंसिर ६ गते देखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक एवं ज्ञान विज्ञान महा–महोत्सव महायज्ञबाट अनुमानित १ करोड ४० लाख रकम बढि संकलन भएको महायज्ञका कार्यक्रम संयोजक तथा त्रिबेणी नगरपालिका ४ का अध्यक्ष गणेश साउदले बताए ।

उनका अनुसार,महायज्ञ भव्य रुपमा सु–सम्पन्न भएको बताउँदै यज्ञबाट मोटामोटी १ करोड ४० लाख रकम बढि संकलन भएको बताएका छन् । सम्पूर्ण चन्ददाताहरुले दान गरेको रकम अनाथ टुहुरा बालबालिकाहरुका तथा आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासका लागी प्रयोग गरिने जानकारी दिए ।

उनले भने,‘मोटामोटी १ करोड ४० लाखको अनुमानित गरेका छौँ । न्यूनतम त्यहि रकम दान संकलन भएको छ । उठेको जति सम्पूर्ण रकम पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं ।’साथै उनले ९ दिनसम्म सव्य–भव्य, शान्तिपूर्ण र ऐतिहासिक रूपले सम्पन्न भएको धार्मिक महायज्ञलाई सफल बनाउन सहयोग पु¥याउने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद समेत दिएका छन् ।

अनाथ टुहुरा बालबालिकाहरुका लागि आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासको उद्देश्यलाई केन्द्रिकृत गरेर धार्मिक महायज्ञको आयोजना गरिएको आयोजक मूल समारोह समितिले जनाएको छ ।

तोलि देवलडाँडा माविको खेल मैदानमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजको मुख्य कथा बाचन सहित विभिन्न भवन क्रृतनका कार्य गरिएका थिए । ‎
आध्यात्मिक मार्गदर्शन प्रदान गरेका प्रमुख वाचक आचार्य श्री कृष्ण चैतन्य गुरु सहित टिम, कलाकार शिशिर साधक, बाजागाजा, कीर्तन तथा सेवा–सत्कारमा समर्पित सबै प्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...