back

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

"पुल निर्माणपछि हामी सबै उत्साहित छौँ । मेलाजस्तै भिडभाड हुने गरेको छ”,

नवलपरासी ।  नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम ) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ ।

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार रु २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ ।

सुुस्ता‐५ का वडाध्यक्ष प्रभुु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताउनुभयो । “पुल निर्माणपछि हामी सबै उत्साहित छौँ । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् । अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ”, उहाँले भन्नुभयो, “पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो । यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो । उक्त पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ ।

पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउनुहुन्छ । “सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ । हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ”, उहाँले आशा व्यक्त गर्नुभयो ।

हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ । पुल अवलोकनका लागि आउने युुवा, युवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको धवलले बताउनुभयो ।

 


चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

वि.सं.२०८१ माघ २७ आइतवार १२:५८

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको...

ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

वि.सं.२०८१ माघ २० आइतवार १६:४६

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट...

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई

वि.सं.२०८१ माघ १९ शनिवार १७:१६

रामेछाप । मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको...

‘बालेन शैली’कै बाटोमा प्राधिकरण : सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने, एक्सनमा उत्रियो

‘बालेन शैली’कै बाटोमा प्राधिकरण : सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने, एक्सनमा उत्रियो

वि.सं.२०८१ माघ १८ शुक्रवार १०:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएर...

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

वि.सं.२०८१ माघ १७ बिहीवार १०:४८

रामेछाप । रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु...

बुढानीलकण्ठ नगरपालिकोे मेलामा युवाहरूका लागि रोजगारीकोे अवसर

बुढानीलकण्ठ नगरपालिकोे मेलामा युवाहरूका लागि रोजगारीकोे अवसर

वि.सं.२०८१ माघ १६ बुधवार १०:३९

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ र ३ गते...