back

बनेपाको नगर प्रमुखमा कांग्रेसबाट शाक्य र उपप्रमुखमा एमालेबाट सापकोटा विजयी

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रञ्जितकारले ११ हजार ८३५ मत पाए । राप्रपाका उम्मेदवार रेमण्ड कर्माचार्यले ८७६ मत पाए।

नगर उपप्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले हराइन् । सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ ।

राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाएका छन् ।

 

khanepani

वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

वि.सं.२०७९ मंसिर ११ आइतवार १०:३९

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको...

साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:४४

काठमाडौं । काठमाडों महानगरपालिकाले व्यापार, व्यवसाय गर्ने व्यक्ति संघ/संस्थाहरुले परिचय...

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

वि.सं.२०७९ साउन ९ सोमवार १२:१८

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले...

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

वि.सं.२०७९ साउन ४ बुधवार ११:२२

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा...

बालेन शाहको रफ्तार : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म,अरु केके गरे?

बालेन शाहको रफ्तार : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म,अरु केके गरे?

वि.सं.२०७९ जेठ २६ बिहीवार १४:४६

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा निर्वाचित भएर गत जेठ...

अब हरेक महिना वडा वडामा नि:शुल्क स्वास्थ्य शिविरः चिकित्सकको खर्च भाटभटेनीले ब्यहोर्ने

अब हरेक महिना वडा वडामा नि:शुल्क स्वास्थ्य शिविरः चिकित्सकको खर्च भाटभटेनीले ब्यहोर्ने

वि.सं.२०७९ जेठ २५ बुधवार १९:५२

धनगढी। धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा हरेक महिना स्वास्थ्य शिविर...