back

देशकै पहिलो निर्वाचित चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गाउँपालिका अध्यक्ष घलेका कस्ता छन् योजना ?

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गाउँपालिका हो, मनाङको चामे । चामेवासीको सांस्कृतिक जीवन पद्धतिमा तिब्बती प्रभाव छ । र, चामेमै जिल्ला सदरमुकाम छ ।

मर्स्याङ्दी कोरिडोरमा पर्ने यही गाउँपालिकाबाट देशले पहिलो जननिर्वाचित अध्यक्ष पायो । ती अध्यक्ष हुन्– लोकेन्द्रबहादुर घले ।
प्रमुख विपक्षी दल नेकपा एमालेबाट उनी निर्वाचित भएका हुन् । ४१ मतान्तरले उनले सत्ता नेतृत्व दल नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई पराजित गरे ।

निर्वाचन अधिकृतको कार्यालय चामेका अनुसार अध्यक्ष पदमा घलेले ३२० मत र लामाले २७९ मत पाएका हुन् । निर्वाचित भएसँगै घले दोस्रो पटक चामेवासीको सरकार प्रमुख भएका छन् । उनले चामेवासीलाई निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गरे ।

‘अघिल्लो पटक गरेको कामका कारण यस पटक पनि चामेवासीले अध्यक्ष निर्वाचित गरिदिनुभयो । म फेरि, पनि उहाँ (चामेवासी) हरूकै सेवामा समर्पित हुन्छ । चामेको विकासमा केन्द्रित हुन्छ । उहाँहरूलाई धन्यवाद छ’, न्युज कारखानासँग कुराकानी गर्दै भने ।

कृषि र पशुपालनभन्दा पनि चामेवासीको प्रमुख आर्थिक स्रोत नै पर्यटन हो । हिमाली पर्यटकीय गन्तव्य धेरै छन् । तर, पर्यटकीय गन्तव्यहरूमा सहजै पुग्न सडक पूर्वाधारको विकास छैन । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकहरू छन् ।

नवनिर्वाचित अध्यक्ष घलेको पहिलो प्राथमिकता नै सडक पूर्वाधारको स्तरोन्नति छ ।

‘मैले यस पटक चामे–डुम्रे सडक र चामे–बेशींसहर सडक कालोपत्रे गर्नेगरी काम अघि बढाउँछु । अघिल्लो पटक पनि पूर्वाधार विकासमै मेरो ध्यान थियो’, उनले भने, ‘सडकको स्तरोन्नति भएपछि बिहान ६ बजे काठमाडौंदेखि बस चढ्दा दिउँसा २÷३ बजे पर्यटक चामे आइपुग्छन् । यहाँको पर्यटन व्यवसाय फस्टाउँछ ।’

चामेको समस्या सडक मात्र होइन । बिजुली पनि हो । मस्र्याङ्दी कोरिडोरको गाउँपालिका भएकाले बाढी पहिरोका कारण अबरुद्ध हुँदा बिजुली अनियमित हुने गरेको छ । अनियमित बिजुलीलाई नियमित गर्ने अध्यक्ष घलेको योजना छ ।

सदरमुकाम भए पनि चामेमा व्यवस्थित बसपार्क छैन । बसपार्कको लागि अघिल्लो पटक अध्यक्ष हुँदा घलेले जग्गा खरिद प्रक्रिया अघि बढाएका थिए ।

यो कार्यकालमा भने बसपार्क निर्माण सम्पन्न गर्ने उनको चाहना छ । उनका अनुसार मनाङमा पर्यटकको चाप बढ्दा सवारी व्यवस्थापनमा समस्या हुने गरेको छ ।

जिल्ला अस्पताललाई पनि थप सुविधा सम्पन्न बनाउने पक्षमा उनी छन् । गत वर्षको असारमा गएको पहिरोबाट क्षतिग्रस्त गाउँका घरहरूदेखि सार्वजनिक संरचना र पर्यटकीय गन्तव्यका संरचनाहरू निर्माण गर्ने पनि उनले बताए ।

उनी भन्छन्, ‘चामेलाई समृद्धि बनाउन र चामेवासीलाई पहिरोले पु¥याएको क्षतिमा मह्लम लगाउनेदेखि यहाँको समृद्धिका लागि मेरा कदम अघि बढ्नेछन् ।’

हिमाली क्षेत्र चामेको पुरानो पर्व हो, – धज्याङ । हिमाली बौद्ध सम्प्रदायका मानिसहरूले परापूर्वकालदेखि मनाउँदै आएका छन् । सांस्कृतिक संरक्षणको अभियानअन्तर्गत यो पर्वलाई थप संरक्षण गर्दै पुस्तान्तरण गर्न घले चाहन्छन् ।

प्राचीन बौद्ध गोन्पाहरूको संरक्षण, गोन्पा शिक्षा कार्यान्वयन, सरकारी विद्यालयलाई आवासीय बनाउनेदेखि ती विद्यालयहरूमा निजी विद्यलायमा जसरी अंग्रेजी माध्यम भाषाबाट पठनपाठन गराउने पनि घलेको प्रतिबद्धता छ ।

nactional life
Corporatebazar 11 Anniversary

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३५

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...