back

तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।

उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल गर्नुपर्ने सेवा सुरु गरिएको हो ।

आगजनी र तोडफोडले क्षतिग्रस्त भएका दुईवटै पालिका भवन सफाइ गरिएको भए पनि प्राविधिक परीक्षण पूरा नभएकाले तत्काल प्रयोगमा ल्याउन नसकिने जनाइएको छ । नगरप्रमुख खड्काले प्राविधिक मूल्याङ्कन सकारात्मक आएपछि भवन मर्मत गरी प्रयोगमा ल्याइने बताए ।

पालिकाले निर्माण गरेको नौतले व्यापारिक भवनमा सिसा फुट्नु र शौचालय तोडफोडबाहेक ठूलो क्षति नभएको जनाइएको छ । भवन ठेकेदारले पालिकालाई हस्तान्तरण नगरेकाले तत्काल प्रयोगमा ल्याउन सकिएको छैन । आगजनीका क्रममा उपमहानगरपालिकाका दमकलसहित २० भन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

वि.सं.२०८३ असार ३० मंगलवार १३:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

वि.सं.२०८३ असार ३० मंगलवार १३:३६

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

वि.सं.२०८३ असार २९ सोमवार ११:१६

इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड(लाइफलाइन)...