back

सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा । जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार, प्रदर्शनको क्रममा सातवटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहान लगायतका कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष संजीव लामाको निजी सम्पत्तिमा पनि क्षति भएको पासवानले जानकारी दिए ।

नेपाल प्रहरीका आठवटा चौकीमा तोडफोड र १० वटामा आगजनी गरिएको छ । त्यसैगरी, प्रहरीले प्रयोग गर्दै आएको तीनवटा गाडी र छ वटा मोटरसाइकलमा पनि तोडफोड गरिएको उनले बताए । तीनवटा मोटरसाइकल पूर्ण रुपमा आगजनीबाट नष्ट भएका छन् । आन्दोलनको क्रममा तीनवटा सञ्चार सेटमा क्षति भएको छ । प्रदर्शनमा ९ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै मानवीय क्षति भएको छैन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

वि.सं.२०८३ साउन ११ सोमवार १४:४०

रामेछाप । रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

वि.सं.२०८३ असार ३० मंगलवार १३:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...