back
skip this gaugauma singhadarbar

स्थानीय तह भन्ने कतै नभएकाले सरकार नै भनिनुपर्छ – अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित अप्सरा गौतमद्वारा प्रकाशित ‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको विमोचन समारोहमा विशिष्ठ अतिथिको रुपमा बोल्दै ढुंगानाले कानुनमा नै स्थानीय सरकार संचालन ऐनं २०७४ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गरे । उनले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेट अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । पुस्तकमा आफ्नो लेखसमेत समावेश गरेका उनले सबैको मानसिकतामा परिवर्तन नआउञ्जेल गाउँगाउँमा सिंहदरबारको नारा कार्यान्वयन हुन नसक्ने बताए । उनले संविधानमा केही कुरा सच्याउनुपर्नेमा जोड दिए ।

उनले संविधानमा उल्लेख गरिएका अधिकारबीच विवाद हुँदा केही समस्या आएको बताए । उनले सबै सरकारले आफ्नोमात्रै अधिकार प्रयोग गर्न सुझाव दिए । उनले एउटै विषयलाई पनि संविधानमा धेरै ठाउँमा समावेश गरिएकाले पनि अधिकार कसको हो भन्ने अन्यौल भएको बताए । उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य बनाउने नीति लिएर काम गरेकोमा प्रशंसा गरे । उनले कोरोना महामारीको समयमा स्थानीय तहले खेलेको भूमिकालाई सम्झिन पनि सबैलाई आग्रह गरे । प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख यस पुस्तकमा प्रकाशित गरिएको छ । ३ सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ ।


निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ २२ आइतवार १०:३२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ...

गाउँमा अधिकार गएकाले नै ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको हो– सभामुख मण्डल

गाउँमा अधिकार गएकाले नै ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको हो– सभामुख मण्डल

वि.सं.२०८२ भदौ २० शुक्रवार २३:२४

काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र...

सरकारको लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पु¥पुर्याउने नै हो– मन्त्री न्यौपाने

सरकारको लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पु¥पुर्याउने नै हो– मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ २० शुक्रवार २०:३८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले...

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

वि.सं.२०८२ भदौ २० शुक्रवार १५:००

काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू...

निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलो : मन्त्री न्यौपाने

निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलो : मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ १८ बुधवार ०९:३०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले...

भक्तपुरमा मादल बजाउने प्रतियोगिता हुने

भक्तपुरमा मादल बजाउने प्रतियोगिता हुने

वि.सं.२०८२ भदौ १७ मंगलवार १७:४५

भक्तपुर । भक्तपुर जिल्लामा बिद्यालयहरुस्तरीय मादल प्रतियोगिता हुने भएको छ...