back
skip this gaugauma singhadarbar

सरकारको लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पु¥पुर्याउने नै हो– मन्त्री न्यौपाने

अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले पनि गाउँगाउँमा सिंहदरबार पु¥याउने लक्ष्य लिएको बताएकी छिन् ।

अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताइन् । उनले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनले जोड दिइन् । आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दै उनले स्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताइन् । उनले संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भएको भन्दै अधिकारका विषयमा भएका केही असहमतिलाई छलफलको माध्यमबाट टुंग्याउनुपर्नेमा जोड दिइन् । स्थानीय तहलाई आफैं कानुन बनाउने र बजेट बनाउने अधिकार भएकाले पनि स्थानीय तह बलियो बन्दै गएको उनको भनाई छ ।

उनले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गरिन् । उनले स्थानीय सरकारलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको पनि बताइन् । पुस्तकको नामले नै सबै कुरा प्रष्ट पार्ने भन्दै पुस्तकको प्रशंसा गरिन् ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र गाउँतिर पठाउनु गौरवको विषय भएको बताए । सभामुख मण्डलले हिजोको दिनमा सिंहदरबारबाट नै नीति, नियम बन्ने र बजेट पनि बिनियोजन हुने तर अहिले सिंहदरबारको अधिकार प्रदेश र गाउँमा गएकाले त्यसलाई गाउँगाउँमा सिंहद्रबार भनिएको बताए ।

नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताए । ढुंगानाले कानुनमा नै स्थानीय सरकार संचालन ऐनं २०७४ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गरे । उनले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेटको अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले अन्य देशको तुलनामा नेपालमा स्थानीय तहलाई धेरै अधिकार दिएको बताए । उनले संघ, प्रदेश र स्थानीय तहलाई आफूहरुबीच समस्या केमा छ भन्ने थाहा भए पनि समस्या समाधान गर्नेतिर नलागेकोे आरोप लगाए । अधिकारीले अहिले अर्थतन्त्रमा संकट आएको भन्दै बाहिर देख्दा अर्थतन्त्र राम्रै देखिए पनि भित्री रुपमा ‘साइलेन्ट डिजिज’ को समस्या भएको बताए ।

पुस्तकको बारेमा बोल्दै सम्पादक गौतमले यो डिजिटल युगमा पनि पुस्तक पढ्ने बानीको विकास होस् भनेर पुस्तक प्रकाशन गरिएको बताइन् । उनले तीनै तहको सरकार, उनीहरुका गुनासा, समस्या, सम्भावनालगायतका विविध सामग्रीहरु पुस्तकमा समावेश गरिएको जनाएकी छिन् । विशेषगरी यस पुस्तकले स्थानीय तहका समस्या, ती समस्याहरुको समाधान र स्थानीय तहले आगामी दिनमा बनाउनुपर्ने योजनालाई समेत समेटेको गौतमले बताइन् ।

प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख यस पुस्तकमा प्रकाशित गरिएको छ । ३ सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ । उक्त पुस्तक समग्र मिडिया प्रालिद्वारा प्रकाशन भएको हो ।


निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ २२ आइतवार १०:३२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ...

गाउँमा अधिकार गएकाले नै ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको हो– सभामुख मण्डल

गाउँमा अधिकार गएकाले नै ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको हो– सभामुख मण्डल

वि.सं.२०८२ भदौ २० शुक्रवार २३:२४

काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र...

स्थानीय तह भन्ने कतै नभएकाले सरकार नै भनिनुपर्छ – अध्यक्ष ढुंगाना

स्थानीय तह भन्ने कतै नभएकाले सरकार नै भनिनुपर्छ – अध्यक्ष ढुंगाना

वि.सं.२०८२ भदौ २० शुक्रवार २३:२०

काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका...

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

वि.सं.२०८२ भदौ २० शुक्रवार १५:००

काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू...

निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलो : मन्त्री न्यौपाने

निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलो : मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ १८ बुधवार ०९:३०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले...

भक्तपुरमा मादल बजाउने प्रतियोगिता हुने

भक्तपुरमा मादल बजाउने प्रतियोगिता हुने

वि.सं.२०८२ भदौ १७ मंगलवार १७:४५

भक्तपुर । भक्तपुर जिल्लामा बिद्यालयहरुस्तरीय मादल प्रतियोगिता हुने भएको छ...