back

घट्यो हाटबजारको रौनक, क्रेता र विक्रेता आउनै छाडे

रामेछाप । कुनैबेला घरायसी सामान किनमेल र भेटघाटको केन्द्रका रूपमा रहेका हाटबजारको रौनक हराउँदै गएको छ । बिहानदेखि नै मानिसहरूको भीडभाड हुने हाटबजार बिस्तारै सुस्ताएका छन् । हाटबजारमा किनमेल गर्ने मानिसहरूको संख्या घट्दै गएपछि बिक्री गर्न आउनेहरूको सङ्ख्या पनि न्यून हुँदै जान लागेको छ ।

किसानले आफूले उत्पादन गरेको सामान बिक्री गर्ने र घरमा आवश्यक दैनिक उपभोग्य सामान खरिद गर्ने मुख्य थलो थिए विगतमा हाटबजारहरू । अहिले हात हातमा मोबाइल र गाउँ गाउँमा सडक पुगेपछि हाटबजारको महत्त्व घटेको छ । रामेछापमा पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहीबारे हाट, मन्थली बजारमा लाग्ने सोमबारे हाट, धोबी बजारमा लाग्ने बुधबार हाट, साँघुटार बजारमा लाग्ने शनिबारे हाट निक्कै चर्चित हाट थिए । ती हाटहरूमा बिहानदेखि मानिसहरूको भीडभाड हुने गर्दथ्यो । दिउँसो पनि अबेरसम्म हाट लाग्थ्यो ।

अहिले हाटमा किन्ने र बेच्ने दुवै खालका मानिसहरू कम भएका रामेछापको साँघुटारका माधव ढकाल बताउँछन् । ‘अलिअलि हाट त लाग्दैछ, तर पहिलाको जस्तो छैन, बेच्ने मानिसहरू पनि कम आउँछन्, किन्ने पनि कम नै आउँछन्’, उनले भने ।  गाउँ गाउँमा सडक पुगेका कारण किसानले गाउँमा गरेको उत्पादन घरबाटै बिक्री हुन्छ । गाउँमा चाहिने दैनिक उपभोग्य सामान पनि घरमा नै झर्छ त्यसले हाटको महत्त्व घट्दै गएको छ ।

रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा लाग्ने हाटमा समेत मानिसहरूको सङ्ख्या घटेको छ । हाटमा स्थानीय उत्पादन न्यून मात्रै आउन लागेको छ । तराइबाट आउने तरकारीले मन्थलीको हाट भरिन लागेको छ । गाउँ बाझिँदै जानु र किसानले गरेका उत्पादन घरबाटै बिक्री हुनुले पनि हाटमा किसानहरू आफ्ना उत्पादन बिक्री गर्न आउनै छाडेका छन् ।

रामेछापको सबैभन्दा ठुलो हाट रामेछाप बजारको हाटमा पनि क्रेता र बिक्रेताको सङ्ख्या कम हुँदै गएको छ । तथापि रामेछापमा तिज, दशैँ, तिहारलगायता पर्व अगाडि लाग्ने हाटमा अझै निक्कै भीडभाड हुन्छ । सो हाटमा गेडागुडी तथा खसी, बोका किन्ने र बेच्ने मानिसहरू बाक्लै जाने गर्दछन् ।

अहिले स्थानीय व्यापारीले किसानका उत्पादन सङ्कलन गरेर केही नाफा लिई हाटमा सामान बिक्री गर्न लागेका छन् । जसले गर्दा हाटका सामान समेत महँगा हुने उपभोक्ताको गुनासो छ । सोझै किसानबाट सामान किन्दा सस्तो हुने भए पनि बिचमा नाफा खाएर बिक्री गर्नेसँग सामान किन्नु पर्दा महँगो हुने उपभोक्ताको भनाइ छ ।

सामान सङ्कलन गर्नुप¥यो, गाडीमा हालेर ल्याउनुप¥यो, सामान सङ्कलन गर्न जाँदा, हाटमा बेच्न ल्याउँदा र बेच्नको लागि कुर्दा आफ्नो पनि श्रम खर्च हुने भएकोले केही नाफा लिएर बेच्नु परेको व्यापारीहरू बताउँछन् ।


संघीय निजामती विधेयकमाथिको विवाद अन्त्य, उत्साह थप्यो, कार्यान्वयनको प्रतिक्षा

संघीय निजामती विधेयकमाथिको विवाद अन्त्य, उत्साह थप्यो, कार्यान्वयनको प्रतिक्षा

वि.सं.२०८२ जेठ ३ शनिवार १०:०४

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

स्याउमा रोग लाग्न थाल्यो: उत्पादनमा कमी आउने संकेत

स्याउमा रोग लाग्न थाल्यो: उत्पादनमा कमी आउने संकेत

वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:२५

मुगु । मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि...

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:२९

जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका- ५ को सिमसार मैदानमा पहिलो...

बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:२१

हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि...

तामाकोसी कटानले देवीटार बजार जोखिममा

तामाकोसी कटानले देवीटार बजार जोखिममा

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:३२

रामेछाप । तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र...