back

घट्यो हाटबजारको रौनक, क्रेता र विक्रेता आउनै छाडे

nactional life

रामेछाप । कुनैबेला घरायसी सामान किनमेल र भेटघाटको केन्द्रका रूपमा रहेका हाटबजारको रौनक हराउँदै गएको छ । बिहानदेखि नै मानिसहरूको भीडभाड हुने हाटबजार बिस्तारै सुस्ताएका छन् । हाटबजारमा किनमेल गर्ने मानिसहरूको संख्या घट्दै गएपछि बिक्री गर्न आउनेहरूको सङ्ख्या पनि न्यून हुँदै जान लागेको छ ।

किसानले आफूले उत्पादन गरेको सामान बिक्री गर्ने र घरमा आवश्यक दैनिक उपभोग्य सामान खरिद गर्ने मुख्य थलो थिए विगतमा हाटबजारहरू । अहिले हात हातमा मोबाइल र गाउँ गाउँमा सडक पुगेपछि हाटबजारको महत्त्व घटेको छ । रामेछापमा पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहीबारे हाट, मन्थली बजारमा लाग्ने सोमबारे हाट, धोबी बजारमा लाग्ने बुधबार हाट, साँघुटार बजारमा लाग्ने शनिबारे हाट निक्कै चर्चित हाट थिए । ती हाटहरूमा बिहानदेखि मानिसहरूको भीडभाड हुने गर्दथ्यो । दिउँसो पनि अबेरसम्म हाट लाग्थ्यो ।

अहिले हाटमा किन्ने र बेच्ने दुवै खालका मानिसहरू कम भएका रामेछापको साँघुटारका माधव ढकाल बताउँछन् । ‘अलिअलि हाट त लाग्दैछ, तर पहिलाको जस्तो छैन, बेच्ने मानिसहरू पनि कम आउँछन्, किन्ने पनि कम नै आउँछन्’, उनले भने ।  गाउँ गाउँमा सडक पुगेका कारण किसानले गाउँमा गरेको उत्पादन घरबाटै बिक्री हुन्छ । गाउँमा चाहिने दैनिक उपभोग्य सामान पनि घरमा नै झर्छ त्यसले हाटको महत्त्व घट्दै गएको छ ।

रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा लाग्ने हाटमा समेत मानिसहरूको सङ्ख्या घटेको छ । हाटमा स्थानीय उत्पादन न्यून मात्रै आउन लागेको छ । तराइबाट आउने तरकारीले मन्थलीको हाट भरिन लागेको छ । गाउँ बाझिँदै जानु र किसानले गरेका उत्पादन घरबाटै बिक्री हुनुले पनि हाटमा किसानहरू आफ्ना उत्पादन बिक्री गर्न आउनै छाडेका छन् ।

रामेछापको सबैभन्दा ठुलो हाट रामेछाप बजारको हाटमा पनि क्रेता र बिक्रेताको सङ्ख्या कम हुँदै गएको छ । तथापि रामेछापमा तिज, दशैँ, तिहारलगायता पर्व अगाडि लाग्ने हाटमा अझै निक्कै भीडभाड हुन्छ । सो हाटमा गेडागुडी तथा खसी, बोका किन्ने र बेच्ने मानिसहरू बाक्लै जाने गर्दछन् ।

अहिले स्थानीय व्यापारीले किसानका उत्पादन सङ्कलन गरेर केही नाफा लिई हाटमा सामान बिक्री गर्न लागेका छन् । जसले गर्दा हाटका सामान समेत महँगा हुने उपभोक्ताको गुनासो छ । सोझै किसानबाट सामान किन्दा सस्तो हुने भए पनि बिचमा नाफा खाएर बिक्री गर्नेसँग सामान किन्नु पर्दा महँगो हुने उपभोक्ताको भनाइ छ ।

सामान सङ्कलन गर्नुप¥यो, गाडीमा हालेर ल्याउनुप¥यो, सामान सङ्कलन गर्न जाँदा, हाटमा बेच्न ल्याउँदा र बेच्नको लागि कुर्दा आफ्नो पनि श्रम खर्च हुने भएकोले केही नाफा लिएर बेच्नु परेको व्यापारीहरू बताउँछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३३

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...