back

नेतृत्वमा युवापुस्ताको सक्रियता बढ्दो : गुल्मीका २४ वर्षीय युवाले दिए मेयरमा उम्मेदवारी

nactional life

गुल्मी । गुल्मीका २४ वर्षीय युवकले मेयर मदको लागि उम्मेद्धवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षिय बिपिन विस्वास रायमाझीले मेयरको लागि स्वतन्त्र उम्मेद्धारी दिएका हुन् ।

राजनीतिमा नेतृत्व परिर्वतन भएपनि मुलुकको अवस्था र व्यवस्थामा भने परिर्वतन हुन नसकेको भन्दै उनको अबको नेतृन्व युवापुस्ताले गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने “धेरै लामो समयसम्म हजुरबुबाको पुस्ताहरुले, हाम्रो बुवा–आमाको पुस्ताले, दाइ दिदी गर्दै लाखौं नेपाली दाजुभाई दिदीबहिनी हरुको ठुलो त्याग र बलिदानी पछि लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सफल भएका थियौँ।कती जानेर कतिपय अञ्जानमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दैगर्दा जति सुन्दर निर्णय हरु सँस्थागत गरिए त्यो महानतम कर्मको जस अग्रज राजनितीक आन्दोलनका सबै–सबै सहभागी हरुलाइ जान्छ। तर जति त्रुटि र भ्रम पनि हाम्रो लोकतान्त्रिक गणतन्त्र भित्र प्रवेश गर्यो त्यसलाई सहि ट्र्याक मा ल्याउने अभिभारा अबका युवापुस्ताको हो।
‘हाम्रो हो, मेरो हो’ ।”

राष्ट्रको हकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख पुर्ण समानुपातिक संसद आजको आबस्यकता रहेको उनले बताए । जुन बर्तमान राजनितीक दलहरुले गर्न नसक्ने उनको ठम्याई रहेको छ ।

गत निर्वाचनमा हरेक दलले बाडेका आश्वासन र घोषणा पत्रको अध्ययन तथा दुइतिहाइ नजिकको कम्युनिष्ट सरकार को हविगत र कार्यक्रताको मनोदशा–हरेक कुरामा भाग खोज्ने राजनैतिक मनोवृत्तिको प्रतिपक्षी देखेरै हरेक सचेत नागरिकले प्रष्ट बुझ्न सकिने उनको भनाई छ ।

उनले भने “परम्परागत राजनितीक मार्ग जो सदैब अरुलाइ गालि–सत्तोसराप गर्ने आफु कहिल्यै नसुध्रिने फोहोरी राजनितीक खेल बिद्यमान छ। यस्तो किसिमको अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र खर्चिलो निर्वाचन प्रणालीको विकल्पको निम्ति,सँस्कारको सुधारका लागि पनि युवा जाग्नै पर्दछ। त्यसैले यो कुरा उठान गर्नु र मैदानमा आउनु नै मैंले मेरो –आम सचेत शिक्षीत युवाको धर्म र कर्तब्य ठानेको छु।”

उनका प्रतिबद्धताहरु :

––जन निर्वाचित प्रतिनिधि लाइ जनताका सेबक बनाउने
–आर्थिक बिपन्न सम्पन्न सबै परिवारका बालबालिका–विद्यार्थीलाई समान किसिमको संस्कार सहितको निशुल्क एवं गुणस्तरीय सार्वजनिक शिक्षा उपलब्ध गराउने।

–आर्थिक रुपमा सम्पन्न बिपन्न दुबै किशिमका नागरिकले सहुलियत गुणस्तरीयरसमान उपचार पाउने ब्यवस्था गर्ने।

–चेतनाको कारण गरिबी, अशिक्षा, र यी कारण एउटा बिपन्न नागरिकको जिवनस्तरलाई प्रयोग गरेर राजनितीक फाईदालिने परिपाटीको अन्त्य गर्ने।

–उत्पादनशिल क्षेत्रमा लगानी बढाई बेरोजगार लाइ रोजगार उपलब्ध गराउन।

–कुसँस्कार र कुरिती लाइ हटाएर सु(सँस्कारको थालनी गर्न।
–हरेक नागरिकमा कुनै न कुनै दलको गोठालो बन्ने चलन हटाएर, सबै राजनितीक दललाइ नागरिकको गोठालो बनाउने।

–राज्य बाट उपलब्ध भएका सेबा सुबिधा टाँठा बाठाले मात्र बाँडेर खाने चलनलाई बिस्थापित गरेर सबै नागरिक र समाजको हितमा लगाउन।

–जसले काम बढी गर्छ, त्यो ब्याक्ती धनी हुने जसले काम गर्दैन उसले पनि बाँच्न पाउने अधिकारको ब्यवस्था गर्न।

–नगरमा मेयररनगरप्रमुखको जति आम्दानी हुन्छ, हरेक दक्ष कामदार को तलब त्यति नै हुने ब्यबस्था गर्ने।

– कृषिलाई यान्त्रिकरणमा जोड दिदै कम लागतमा छिटो उत्पादन हुने कृषि उपजको उत्पादनमा प्राथमिकता दिन,किसानलाई कृषिऔजार, बिउपल र बिषादी मुफ्तमा उपलब्ध गराउने।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३३

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...