back

डिआइजीको नाममा पैसा उठाएको आरोपमा महिला पक्राउ

रौतहट । प्रहरी विद्यालयमा जागिर लगाइदिने भन्दै डिआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ परेकी छिन । रौतहटको गरुडा नगरपालिका विर्तामा रहेको प्रहरी विद्यलायमा शिक्षक पदमा स्थायी जागिर लगाइदिने भन्दै रकम उठाएको आरोपमा सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ की शुसिला थापा दहाल पक्राउ परेकी हुन ।

पक्राउ परेकी थापाले २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश रंजितकारको नाममा ६ लाख रुपैंया माँग गरेकी थिइन । प्रहरी विद्यालयमा स्थायी जागिर लगाउन डिआइजी तथा विद्यालयका प्रिन्सीपल समेतलाई रकम बाडनु पर्ने भन्दै थापाले पर्सा जिल्लाका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माँग गरेकी थिइन ।

डिआइजीको नाममा पैसा मागेको अडियो रेकर्ड बाहिरिए पछि ईलाका प्रहरी कार्यालय गरुडाले थापालाई पक्राउ गरेको हो । पाण्डेसँगको फोन संवादमा थापाले काम गराइदिने भन्दै बैंक मार्फत रकम पठाउन भनेकी थिइन । प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिए पछि थापालाई आज प्रहरी विद्यालयमा बोलाइएको थियो ।

पाण्डेसँगको फोन संवादमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले भने “घटनाको छानबिनका लागी उनलाई सर्लाहीबाट प्रहरी विद्यालयमा बोलाएर अहिले नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन ।

यता २ नं. प्रदेश प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा घुसा उठाएको बारेमा हिजो केही संचारमाध्यमले खबर सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पक्राउ परेकी महिला उपर कसुर अनुसारको कानूनी कारवाही हुने २ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
२०७८ असोज ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...