back
himalayan life

ओलीको २६० सदस्यीय केन्द्रिय कमिटीले पाएन मान्यता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको अद्यावधिक गरी पठाएको विवरणलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । अध्यक्ष ओलीले पछिल्लोपटक अद्यावधिक गरी २६० केन्द्रीय सदस्यको विवरण आयोगलाई बुझाएका थिए ।

दल दर्ताको विधान अनुसार रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । त्यसैले नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले साविककै २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने भएको छ ।

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी ९ भदौमा बोलाएको छ । नेपाल समूहले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ ।

माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता नदिने भएसँगै नेता नेपालले आयोगमा बुझाएका ५८ मध्ये ४१ केन्द्रीय सदस्य भए पनि पुग्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ जनाले मान्यता नपाएको खण्डमा पनि नेता नेपाललाई आवश्यक सङ्ख्या पुग्ने देखिन्छ ।

संशोधित कानुन अनुसार २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद सङ्ख्या भनिएकाले नेता नेपाललाई पार्टी गठन गर्न सांसदको आधारमा प्रतिनिधि सभाका १२१ र राष्ट्रिय सभाका ३३ गरी भने १५४ जना सांसदको २० प्रतिशत हुँदा ३१ जना सांसद आवश्यक पर्ने देखिन्छ ।

२०७८ भदौँ ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...