back

उखु किसान पुनः आन्दोलित, सरकारल आस्वासन त दियो तर पुरा गरेन बाचा

काठमाडौं । उखु किसानहरु उखुकाे बक्याैता उठाउन पुन: आन्दोलित भएका छन् । गत वर्ष लामो आन्दोलन पश्चात उखुको बक्यौता रकम भुक्तानी गर्ने सरकारको आश्वासनपछि जिल्ला फर्किएका किसान सरकारले चासो नदिएको भन्दै फेरि काठमाडौं आएका छन् ।

सरकारले गत वर्ष गरेको बाचा पूरा नभएपछि पुनः काठमाडौंमा आउन बाध्य भएको किसानहरु बताउँछन् । ६ वटा चिनी उद्योगले ४१ करोड बढी रकम भुक्तानी नगरेको भन्दै भुक्तानीको माग गर्दै काठमाडौं आएका हुन । भन्छन् सरकारले आस्वासन त दियो तर पुरा गरेन बाचा !

सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आएका छन्। सरकारले आस्वासन दिएपछि पनि हालसम्म रकम भुक्तानी नभएपछि ताकेका गर्न काठमाडौं आएको उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले वताए ।

उनले सरकारलाई भदौ ५ गतेसम्म बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न समय दिइएको बताए । भदौ ५ गतेसम्म पनि रकम भुक्तानी नभए आन्दोलन गर्ने उनले चेतावनी दिए ।

उखु किसानहरूले गत वर्ष २८ मंसिरदेखि १३ पुससम्म काठमाडौंको माइतीघरमा आन्दोलन गरेका थिए । गत वर्ष ८९ करोड ४० लाख बक्यौता उठाउन नसकेपछि काठमाडौंकेन्द्रित रहेर आन्दोलन गरेका थिए ।

उखु किसानले ९० करोड बढी बक्यौता रकम भुक्तानी हुन बाँकी रहेको बताएपछि उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले ६६ करोड मात्र बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको थियो । किसानले रौतहटको श्रीराम सुगर मिलले ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड तथा नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड, इन्दिरा चिनी मिलले ८ करोड र बागमती खाँडसरी चिनी मिलले ४० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको बताएका थिए ।

उखु किसानका संरक्षक राकेश मिश्रका अनुसार महालक्ष्मी सुगर मिलले यो वर्षको समेत गरी १२ करोड रुपैयाँ र अन्नपूर्ण सुगर मिलले समेत १२ करोड भुक्तानी दिन बाँकी छ । त्यस्तै, रौतहटको श्रीराम सुगर मिलले ३.१४ करोड बक्यौता रहेको छ ।

त्यस्तै, नवलपरासीका उखु किसानका अनुसार लुम्बिनी चिनी मिलले ३ करोड, इन्दिरा सुगर मिलले ४ करोड र बागमती खाँडसरी चिनी मिलले ५० लाख रुपैयाँ तिर्न बाँकी छ ।

२०७८ साउन १४ गते प्रकाशित

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:२६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन,...

खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने

खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:२३

काठमाडौं । अब आईएमई खल्ती (खल्ती) का प्रयोगकर्ताले नेपाल सरकारको...

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...