back

यी तिन बीमा कम्पनीको साधारण सभा आज, कुन कम्पनीले के एजेण्डा अगाडी सार्दै छन्?

nactional life

काठमाडौँ । आज शुक्रबार तीन बीमा कम्पनीले साधारणसभा आह्वान गरेका छन् । सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज सभा आह्वान गरेका हुन् ।

सभाबाट बीमा कम्पनीहरुले साधारण सभाबाट गत आवको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गर्दैछन् । सिद्धार्थ इन्स्योरेन्सले १२ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद लाभांश गरी १५.७९ प्रतिशत, लुम्बिनी जनरलले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश गरी ६.७५ प्रतिशत लाभांश अनुमोदन गर्दैछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १४ गते र जेठ १३ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गरेका थिए । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सले बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे १९ औं, लुम्बिनी जनरले केन्द्रीय कार्यालय ज्ञानेश्वरमा अपरान्न ४ बजे १६ औं वार्षिक साधारण सभा, र हिमालयन जनरलले केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे २७ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सभा बोलाएका छन् ।

तीनवटै कम्पनीको आज सम्पन्न हुने सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल गरी पारित हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात , नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिने एजेण्डा पनि सभामा रहेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

२०७८ जेठ २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...