एनआईसी एशिया बैंकको ऋणपत्र असार ६ गतेदेखि बिक्री खुला

वि.सं.२०७८ जेठ २८ शुक्रवार

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र असार ६ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले १० वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ‘एनआईसी एशिया बैंक ऋणपत्र २०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रति एकाई १ हजारमा किन्न पाईने गरि वार्षिक ८.५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र बैंकले बिक्रि गर्ने छ ।
जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ ।
ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
२०७८ जेठ २८ गते प्रकाशित

प्रकाशित समय : ०४:११ बजे