back

चन्द्रपुरका मेयर स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

nactional life

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब परिक्षण गर्दा ४१ जनामा कोभिड संक्रमण देखिएको हो । उक्त टोलको ९५ जनाको स्वाब परिक्षण गर्दा ४१ जनामा कोभिड संक्रमण देखिएको वडा अध्यक्ष गोबिन्द दुलालले जानकारी दिए । उक्त गाउँको एकै घरमा ६ जना सम्ममा कोभिड संक्रमण देखिएको छ । केही दिन पहिला सोही गाउँका एक शिक्षकको कोभिडको कारण मृत्यु भएपछि एकैपटक ९५ जनाको कोभिड परिक्षण गरिएको थियो । सिन्दुरेघारीको सिंगै गाउँ कोभिडको संक्रमण परेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी सहितको टोलीले स्वास्थ्य सामाग्री सहित घर घरमा पुगेको हुन । कोभिड संक्रमण रोक्न र बिरामीहरुको अबस्था बुझनका लागि स्वास्थ्य सामाग्री सहित सिन्दुरेघारी गाउँ पुगेको नगर प्रमुख रामचन्द्र चौधरीले बताए । बिरामीको हौसला बढाउने र कोभिड संक्रमण नियन्त्रणको लागी सचेतना जगाउने उदेश्यले संक्रमितको घर घरमा पुगेको चौधरीले बताए ।
बिरामीको ज्वरो नाप्ने,अक्सिजन मापन,ज्वरोको औषधी र हाइजनिक किट सहित घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यकर्मी मातृका चालिसेले बताए । संक्रमितहरुलाई मास्क ,सेनिटाइजर ,साबुन टाबेल ,बुरुस , मन्जन ,औषधी लगायतका स्वस्थ्य सामाग्रीहरु बितरण गरिएको स्वास्थ्यकर्मी चालिसेले जानकारी दिएका छन् ।

टोलीमा ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौला इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने, शसस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका डिएसपी दिपेन्द्र बिष्ट,स्वास्थ्यकर्मी तथा संचारकर्मी समेत रहेका थिए । सो टोलीले चन्द्रपुर नगरपालिका वाड नं. ८ बेतौनाका संक्रमितहरुको अबस्था बारे समेत घर घरमा चासो ब्यक्त गरेको थियो । बेतौना टोलमा पनि ९० जनाको कोभिड परिक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो । रौतहटमा हाल सम्म कोभिडको कारण १ सय ९ जनाले ज्यान गुमाइसकेका छन भने अझै ७ सय २० जना सक्रिय संक्रमित रहेका छन ।

२०७८ जेठ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...