back

४ वर्षमा पनि बनेन सय मिटर सडक, ठेकदार मेयरका नातेदार

nactional life

रौतहट । रौतहटको राजदेवी नगरपालिका वडा नं. २ र ५ मा पर्ने गौर गंगापिपरा सडकखण्डको हजमिनियामा मुल सडक लामो समयदेखि नबन्दा स्थानियहरुले दुख पाएका छन् । ठेक्का सम्झौता भएको चार वर्ष वितिसक्दा पनि सडकले गति पाउन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको हो । सडक डिभिजन कार्यालयको लागतमा निर्माण सम्पन्न हुने भनिएको सो सडक नबन्दा वर्षामा डुबानको समस्या र गर्मिमा धुलोको प्रदुषणका कारण स्थानिय पीडित बनेका छन्।

झण्डै सय मिटर लम्बाइको सो सडकमा दुवै साईडमा ढल बिचमा डिभाइडर सहितको डिजाइन रहेको छ । सडक निर्माणका लागी राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहको आफन्तको नाममा रहेको फर्म एल एक्स कन्सट्रक्सनले कुल ९६ लाखको टेण्डर आर्थिक वर्ष ०७३/०७४ मा ५६ लाखमा सकार गरेको थियो । सडक विभागले गरेको सो टेण्डरको हाल सम्म कार्य सम्पन्न हुन सकेको छैन । बाटो बनाउने भन्दै भएको कालोपत्रे सडक खनेर सडकलाई अप्ठयारो बनाई ठेकेदार कम्पनीले काम बन्द गर्दा स्थानियले दुःख भोग्नु परेका स्थानिय युवा नेता चन्दन तिवारीले बताए ।

सडकको अलपत्र अवश्था वर्षौं बितिसक्दा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानियको आरोप छ । यसै गरी सोहि सडकखण्डमा बनाइने भनिएको डिभाइडरमा समेत गुणस्तरहिन काम भएको स्थानियको आरोप रहेको छ । गुणस्तरहिन ढलान र प्लास्टरका कारण डिभाइडर दिगो नहुने स्थानियले बताए । न्यून गुणस्तरको बालुवा र सिमेन्ट प्रयोग गर्दै भइरहेको सो कामको छानबिन हुनुपर्ने स्थानियको माग रहेको छ । स्थानियहरुले सडक डिभिजन कार्यालय, राजदेवि नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत अधुरो बाटो निर्माण कार्य सम्पन्न गराइ दिन बारम्बार निवेदन दिए पनि हाल सम्म कसैले चासो देखाएका छैनन ।

२०७८ जेठ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...