back

अलग्गै ऐन जारी गरि थप स्वायत्तताका साथ अगाडी बढ्ने तयारीमा धितोपत्र बोर्ड

nactional life

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वायत्तता बढाउने गरी अलग्गै ऐन जारी गरि अगाडी बढ्ने तयारी थालेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अहिले एउटै ऐनले कारोबार सञ्चालन र नियमनलाई निर्देशित गरिरहेका कारण नियामक निकाय कमजोर भएको बताउँदै अब अलग्गै जाने बताएका हुन् ।

‘जसरी नेपाल राष्ट्र बैंकको सञ्चालन र नियमन भूमिकाबारे अलग्गै ऐन र बजार सञ्चालन गर्ने अलग्गै ऐन छ, हामीले पनि त्यसैगरी बेग्लाबेग्लै ऐन बनाउने तयारी थालेका छौं’ उनले भने ।

ढुंगानाले आगामी आर्थिक वर्षभित्रै बेग्लाबेग्लै विशिष्ट ऐनको विधेयक तयार पारिने बताए । विशिष्ट ऐन जारी भइसकेपछि धितोपत्र बजारको नियमन र सुपरिवेक्षण तथा कारबाही चलाउने प्रक्रियामा सहजिकरण हुने उनको भनाई छ । यसका लागि अर्थ मन्त्रालय र विश्व बैंकलगायत दुईपक्षीय विकास साझेदारसँग पनि छलफल भइरहेको बताए ।
‘हामीले अन्तरराष्ट्रिय संस्थाहरुलाई सकेसम्म ऐन निर्माणमा वित्तीय एवम् प्राविधिक सहयोग गर्न भनेका थियौं,’ उनले भने, ‘त्यसो हुन नसकेपनि हामीलाई आवस्यक सल्लाहसुझाव दिन भनेका छौं ।’

नेपालमा धितोपत्र बजारको क्षेत्रगत विस्तार पनि बढ्दै गएका कारण विशिष्ट ऐनको खाँचो भएको उनले बताए । पहिले सेयर बजारको नियमनमा मात्रै केन्द्रित भएको बोर्डले अब ठूला संस्थागत लगानीकर्ता, बजार सञ्चालक, कमोडिटी र डेरिभेटिभ्स बजार, प्राइभेट इक्वीटि क्यापिटलजस्ता विस्तारित क्षेत्रमा नियमन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘त्यस्ता संस्थाको नियमक र सुपरिवेक्षण गर्ने, अनुसन्धान गर्ने, गल्ति गरेमा कारबाही गर्नेजस्ता प्रभावकारी नियामकीय स्वायत्तताका लागि बेग्लै कानूनको आवस्यकता परेको छ,’उनले भने ।

२०७८ जेठ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...