back

दिल्लीमा लकडाउन खुकुलो पारिँदै

दिल्ली । दिल्लीमा अब भने लकडाउन खुकुलो पारिने भएको छ । पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेकोसँगै लकडाउन खुकुलो पार्ने भइएको हो । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन् ।

यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ । सम्मेलनमा आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाभाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिने बताइएको छ ।

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।

२०७८ जेठ २२ गते प्रकाशित


अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

वि.सं.२०८१ पुस २३ मंगलवार १६:५४

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका...

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

वि.सं.२०८१ पुस २३ मंगलवार १६:४२

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी...

फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क

फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क

वि.सं.२०८१ पुस २३ मंगलवार १३:१३

काठमाडौं । फोनेपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका...

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते

वि.सं.२०८१ पुस २३ मंगलवार १२:५०

काठमाडौं । चीनको पहाडी तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली...