back

सीसीएमसी प्रमुखमा पूर्व रथी शर्मा नियुक्त

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा पूर्व रथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ ढिलागरि बसेको मन्त्रीपरिषदको बैठकले शर्मालाई बिशेषअधिकार सहित सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो।

सरकारले शर्मालाई सेना परिचालन तथा आपतकाल लगाउने सम्मको बिशेष अधिकार सहित सीसीएमसीको प्रमुखमा नियुक्त गरेको छ । नेपाली सेनाका पूर्व रथी शर्मालाई सचिवसरहको सेवा सुविधा सरकारले उपलब्ध समेत गराउने छ ।

शुक्रबार राजपत्रमा प्रकाशित भएको कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार शर्मा सिसिएमसीमा नियुक्त भएका हुन् । यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए। यसलाई नेपालमा आपतकाल घोषणा गरेर त्यसको लागि आवश्यकताअनुसार सेना परिचालन गर्न सक्ने बिशेष अधिकारि समेत दिईएको हुन्छ।

नयां अध्यादेशअनुसार सिसिएमसीको सदस्यहरुमा नेपाल सरकारको १२ औं तहको अधिकृत, नेपाली सेनाको उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ एआईजी, गृह मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति समेत रहेको छ। सयको प्रमुख यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए। निर्देशक समितीमा त्यसमा उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सिसिएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।

२०७८ जेठ ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

वि.सं.२०८३ साउन ६ बुधवार ११:१३

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको...

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

वि.सं.२०८३ साउन ५ मंगलवार १४:४९

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको...

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

वि.सं.२०८३ साउन ४ सोमवार १८:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक...

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

वि.सं.२०८३ साउन ४ सोमवार १४:१८

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा...