back

सिईडिबी हाईड्रोपावरको ओपनिङ रेञ्ज अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख १७ गतेदेखि बैशाख २१ गते सम्म सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको आईपीओमा १७ लाख भन्दा बढिको आवेदन परेको छ । आवेदन दिने अन्तिमसम्म १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका हुन् । आवेदन दिएका आवेदकहरुले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको हो । कम्पनीको आईपीओमा २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सेयर माग भएको कम्पनीले जनाएको छ ।

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छैन् । यसै हप्ता कम्पनीको सेयर नेप्सेमा सूचीकृत गर्ने तयारी रहेको जनाएको छ, तर कुन दिन हुन्छ त्यो भने तोकिएको छैन् । कम्पनीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

२०७८ जेठ ९ गते प्रकाशित

 

 


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...