back

सिईडिबी हाईड्रोपावरको ओपनिङ रेञ्ज अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म

nactional life

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख १७ गतेदेखि बैशाख २१ गते सम्म सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको आईपीओमा १७ लाख भन्दा बढिको आवेदन परेको छ । आवेदन दिने अन्तिमसम्म १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका हुन् । आवेदन दिएका आवेदकहरुले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको हो । कम्पनीको आईपीओमा २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सेयर माग भएको कम्पनीले जनाएको छ ।

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छैन् । यसै हप्ता कम्पनीको सेयर नेप्सेमा सूचीकृत गर्ने तयारी रहेको जनाएको छ, तर कुन दिन हुन्छ त्यो भने तोकिएको छैन् । कम्पनीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

२०७८ जेठ ९ गते प्रकाशित

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...