back

एशियन लाइफ इन्स्योरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महालक्ष्मी विकास बैंकले लिलामीमा राखेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २६ गते १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो।

उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयर खरीदका लागि विद्यमान शेयरधनीका साथै जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा आज (जेठ ९ गते) कार्यालय समय भित्र आवेदन पेश गर्नुपर्नेछ ।

२०७८ जेठ ९ गते प्रकाशित

 


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...