back

कोभिड नियन्त्रणमा युवाको सक्रियता बढ्दो, बगरफाँटका युवाद्धारा हेल्थ डेस्क सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका युवाको पहलमा कोरोना सङ्क्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्र भवनमा जेठ १ देखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना सङ्क्रमित भै उपचाररत १९ सङ्क्रमितले सेवा पाउनुका साथै सङ्क्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताए । सङ्क्रमणबाट बच्न सचेतना अभियान चलाउनुका साथै अप्ठ्यारो अवस्था महशुस भएमा स्वास्थ्य संस्थासम्म लैजान गाडीको समेत व्यवस्था गरेको छ ।
बगरफाँट सदरमुकाम बेनीबजारसँग जोडिएको गाउँ भएको र यहाँ बढी आवतजावत हुने भएकाले सङ्क्रमणको खतरा अरु ठाउँमा भन्दा धेरैनै छ । अहिले यहाँ १९ जना कोरोनाबाट सङ्क्रमित हुनहुन्छ । कतिपयले कोराना जितेर सहज अवस्थामा फर्किएका छन् ।

बगरफाँटमा कोरोना सङ्क्रमित प्हिचान भएपछि हेल्थ डेस्क चलाउन पोखरा, काठमाण्डौँ लगायत विदेशमा रहेका बगरफाँटवासीले स्थानीय युवाहरुलाई हेल्थ डेस्क स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए । देशका विभिन्न शहरमा रहनुभएका ज्यामरुककोटवासी र विदेशमा रहेका बगरफाँटका अग्रज युवाहरुबाट आर्थिक सहयोग प्राप्त भैरहेको छ ।

२०७८ जेठ ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...