back

कोभिड नियन्त्रणमा युवाको सक्रियता बढ्दो, बगरफाँटका युवाद्धारा हेल्थ डेस्क सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका युवाको पहलमा कोरोना सङ्क्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्र भवनमा जेठ १ देखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना सङ्क्रमित भै उपचाररत १९ सङ्क्रमितले सेवा पाउनुका साथै सङ्क्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताए । सङ्क्रमणबाट बच्न सचेतना अभियान चलाउनुका साथै अप्ठ्यारो अवस्था महशुस भएमा स्वास्थ्य संस्थासम्म लैजान गाडीको समेत व्यवस्था गरेको छ ।
बगरफाँट सदरमुकाम बेनीबजारसँग जोडिएको गाउँ भएको र यहाँ बढी आवतजावत हुने भएकाले सङ्क्रमणको खतरा अरु ठाउँमा भन्दा धेरैनै छ । अहिले यहाँ १९ जना कोरोनाबाट सङ्क्रमित हुनहुन्छ । कतिपयले कोराना जितेर सहज अवस्थामा फर्किएका छन् ।

बगरफाँटमा कोरोना सङ्क्रमित प्हिचान भएपछि हेल्थ डेस्क चलाउन पोखरा, काठमाण्डौँ लगायत विदेशमा रहेका बगरफाँटवासीले स्थानीय युवाहरुलाई हेल्थ डेस्क स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए । देशका विभिन्न शहरमा रहनुभएका ज्यामरुककोटवासी र विदेशमा रहेका बगरफाँटका अग्रज युवाहरुबाट आर्थिक सहयोग प्राप्त भैरहेको छ ।

२०७८ जेठ ८ गते प्रकाशित


भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१४

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत...

सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:५१

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।...

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:४८

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको...