पछिल्लो २४ घण्टामा ५,४५५ जनाले जिते कोरोना

वि.सं.२०७८ जेठ १ शनिवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५४५५ जनाले कोरोना माथि विजयी हासिल गरेका छन् । यस्तै यो अवधिमा थप ८,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
उपत्यकामा कोरोना – शनिवार काठमाडौँमा २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्रमित थपिएका छन्।
अहिले देशभरि एक लाख नौ हजार ७४० जनामा सक्रिय सङ्क्रमण छ।
२०७८ जेठ १ गते प्रकाशित ।

प्रकाशित समय : १२:०१ बजे