back

यसरी बच्न सकिन्छ कोभिड–१९ बाट !

२५ वैशाख, काठमाडौँ । कोरोना भाईरसको यो दोस्रो लहर पहिलाको भन्दा शक्तिशालि भएको महशुस हामी सबैले गरेका छौँ । पहिलो चरणको लकडाउनको समयमा भन्दा यो दोस्रो लहरको लकडाउनमा संक्रमितको संख्या आकासिदै गएको छ ।आजसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।  आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन् ।

कोरोना कहाँ, को बाट र कुन समयमा सर्छ यसको कुनै ग्यारेन्टि नै छैन । तर यसो भन्दैमा क्रसित भईहाल्नु पर्ने अवस्था भने नरहेको संक्रमणबाट मुक्त भएकाहरु र चिकित्सकहरुको भनाई छ ।

“धेरैलाई लाग्न सक्छ ‘कोभिड पोजेटिभ देखिएको दश पन्ध्र दिनमा निको भै हाल्छ, हल्का ज्वरो र सास फेर्न गाह्रो हुने त हो ।’ तर हैन यहि हप्ता दश दिनमा कोभिडकै कारण ज्यान गुमाउनेके संख्या पनि बढ्दो नै छ । यसर्थमा संक्रमितको अनुभव र चिकित्सको सल्लाह अनुसार कोभिडलाई हल्का पनि नलिने र डरले पिल्सीएर पनि बस्न हुँदैन ।”

कुनै पनि रोग भनेको शरिरको प्रतिरक्षा प्रणालीलाई जित्ने एक जिवाणु हो, तसर्थ हामीले हाम्रो शरिरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन जरुरी छ । पौष्टिक आहारहरु सेवन गर्नुका साथै अन्य तनाव तथा डरमा पर्नु हुँदैन । किनकि डर र पौष्टिक आहारको कमिले शरिरको शक्तिलाई कमजोर पार्यो भने कोभिड–१९ को जिवाणुलाई मानिसको शरिरमा प्रवेश गर्न अझ सहज हुने छ । साथै शरीरमा केही समस्या आएमा सकेसम्म छिटो भर्चुअल वा विभिन्न माध्यमबाट चिकित्सकको परामर्श लिने गर्नुपर्दछ । यो समयमा अस्पताल गयो भने झन् जोखिम हुन्छ भनेर घरमै बस्ने साथै सकेसम्म आफ्नो अस्वस्थतालाई अरुसँग समन्वयन नगर्ने गरेका घटनाहरु बाहिरीएका छन् । यसले आफुँसगैँ परिवारलाई समेत असर गर्ने हुँदा यस्तो गर्नुहुँदैन । आफ्नो शारीरीक अस्वस्थतालाई परिवारमा सेयर गरेर आफु र परिवारलाई सुरक्षित राख्नुपर्छ, बढी नै गाह्रो भएको खण्डमा बलजस्ती सहेर घरमै बस्नु पनि हुँदैन । स्वास्थ्य अवस्था जटिल बनेर आकस्मिक अस्पताल खोज्दा एम्बुलेन्स, हस्पिटलमा बेड तथा अक्सिजनको अभाव पनि समाना गर्नुपर्ने अवस्था आउन सक्छ तसर्थ पूर्ववत् सतर्कता अपनाउँनु बुद्दिमतता हुन आउँछ ।

हामीले स्वास्थ्यमा आएको अस्वस्थता कोभिडको हो वा होईन र यदि हो भने के गर्ने भन्ने कुराको ज्ञान लिनु जरुरी पर्छ तसर्थः
कोभिडका लक्षणहरु
–श्वास फेर्न गार्हो
–स्वादबिहिन
–बास्नाबिहिन
–सुख्खा खोकी
–हल्का पखाला
–शरीर रातो हुने
– छाला चिलाउने
–सुरुको १,२ दिन हल्का सामान्य ज्वरो
–आँखा पिरो भएर पोल्ने
–जिउ जोर्नि कर्करि दुख्नु टाउको आकाश तिर उडेको जस्तो गरि दुख्नु
–हिडडुल गर्न नसक्नु आदि।

कोभिड पोजेटिभ भएमा उपचारका विधि
घरेलु बिधिः
१– तातो पानीको बाफ (दिनको कम्तिमा ३ पटक ) सके सोनाको स्टिम बाथ लिने, नुहाउन तातोपानी प्रयोग गर्ने
२–गुर्जो, तुलसिको पात, ज्वानो, अदुवा, मरिच, टिमुर आदि पकाएको पानी (दिनको कम्तिमा ३ गिलास तर गुर्जो तुलसिको पात संगै नखाने)
३– भिटामिन र क्याल्सियम युक्त फलफुल विशेष गरि सुन्तला, कागती,भूइकटहर आदि ।
४– दूध (साझ बिहान १,१ गिलास , सम्भव भए गाईको दूध)
५–माछा , मासु, अन्डा (विशेष गरि बट्टाईको अस्टृज खसि आदिको मासु)
६–बिहानको घाम ताप्ने
७– अनुलोम, बिलोम, कपालभाती जस्ता योगाभ्यास ।
८–दुई चम्चा चेवनप्रास एक गिलास दुध वा तातोपानीसङ्ग बिहान बेलुका खाने । (संक्रमितको अनुभवका आधारमा)

मेडिकलका औषधिद्धारा उपचार विधिः

१–Mega CV –(दिनको ३ पटक)

२– Levozin-( (राती खाना पछि)

३–Asvit- (दिनको २ पटक खाना पछि)

४– B- ONE (दिनको २ पटक खाना पछि)

५–Defer (हप्तामा १ पटक खाना पछि)

६- Betadin (दिनको ३ पटक मनतातो पानीले कुल्ला)

७ – cetamol(ज्वरो आएमा मात्रा लिनुस, कुनैपनि brufen नलिनु) (अल्का हस्पिटलका डक्टर विदेश विष्टका अनुसार)

होम आइसोलेसन रहँदा ध्यानदिनुपर्ने कुराहरुः
खुला (हावा सहजै ओहोरदोहोर गर्न सक्ने कोठा) कोठामा बस्ने
मनोबल उच्च बनाउँने
नियमित सन्तुलित शुद्ध र सफा खानेकुरा, पोषणयुक्त खानपान, प्रशस्त पानी र झोलिलो पदार्थ सेवन गर्ने
–ध्यान, योगा शारिरीक अभ्यासलाई निरन्तरता दिने
–प्रशस्त आराम गर्ने
–भर्चुअल माध्यमबाट आफ्ना मानिसहरुसँग जोडिने
सामाजिक सञ्जालका अफवाहबाट टाढै रहने
कस्तो अवस्थामा अस्पताल जानेः
श्वासप्रश्वासमा बढी समस्या भएमा, अत्यधिक खोकी लागेको लाग्यै गरेमा,बान्ता आउन थालेमा,पखाला नरोकिएमा
त्रसित हैन सजग बनौँ!
चिन्ता हैन चिन्तन गरौँ !
कोरोनाबाट बचौँ!

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...