back

‘मनको वारपार र पुर्णपात्र’ मुक्तक संग्रहको लोकार्पण कार्यक्रम सम्पन्न

काभ्रे,पनौती। कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह “मनको वारपार तथा कवि पुर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह “पुर्णपात्र“को शुक्रबार (आज) लोकार्पण भएको छ ।

समकालीन साहित्य प्रतिस्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा एक भव्य समारोह विच सम्पन उक्त कार्यक्रम आयोजक सस्थाका महासचिव समालोचक डा.लेख प्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित समाजका अध्यक्ष राम सुन्दर देउजा,साहित्यकार,कवि सुर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य राखेका उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको बिकासको निम्ति नगरपालिका सधै साथ र सहयोग गर्न तयार रहेको बताए।

धेरैले मन पराउने मानिएको विधा मुक्तकका लोकार्पण गरिएका “मनको वारपार”को वारेमा टिप्पणी समालोचक डा.लेखप्रसाद निरौला तथा “पुर्णपात्र”को बारेमा टिप्पणी साहित्यकार सुर्य लाकोजुले गरेका थिए।

मनको वारपारमा १सय १ वटा समसामयिक राजनीतिक दुराबस्था,प्रेम विछोड,अभाव,अमानवीयता आदि बिषयबस्तु समेटिएका सचित्र मुक्तकहरु समाबेश छन्  भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न बिषयबस्तु केन्द्रित मुक्तकहरु समाबेश गरिएका छन् ।

कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरेका थिए भने कृतिका श्रस्टाहरुले आ आफ्नो मन्तव्य राखेका थिए।

बिशिस्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रस्टाको मुक्तक संग्रह थपिएकोमा खुशी व्यक्त गरे ।

अर्का बक्ता पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गरे।

लोकार्पण कार्यक्रममा साहित्यकार डा.सुमन ताम्राकार ,गायक विजयराम कर्माचार्य ,शिक्षासेबी रामप्रसाद अधिकारी ,साहित्यकार तुइकाजी ताम्राकार ,कथाकार दिनमान गुर्माछन,
उक्त लोकार्पण कार्यक्रममा नगर उप प्रमुख गीता बन्जारा,कवि ,पत्रकार निर्भिक जङ रायमाझी लगायत नगरका जन प्रतिनिधिहरु सहितको उपस्थिती थियो।

२०७८ कात्तिक ५ गते प्रकाशन


दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४१

राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी...

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:३६

काठमाडौंका विभिन्न ठाउँमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै...

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:२५

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष...