back

‘मनको वारपार र पुर्णपात्र’ मुक्तक संग्रहको लोकार्पण कार्यक्रम सम्पन्न

काभ्रे,पनौती। कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह “मनको वारपार तथा कवि पुर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह “पुर्णपात्र“को शुक्रबार (आज) लोकार्पण भएको छ ।

समकालीन साहित्य प्रतिस्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा एक भव्य समारोह विच सम्पन उक्त कार्यक्रम आयोजक सस्थाका महासचिव समालोचक डा.लेख प्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित समाजका अध्यक्ष राम सुन्दर देउजा,साहित्यकार,कवि सुर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य राखेका उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको बिकासको निम्ति नगरपालिका सधै साथ र सहयोग गर्न तयार रहेको बताए।

धेरैले मन पराउने मानिएको विधा मुक्तकका लोकार्पण गरिएका “मनको वारपार”को वारेमा टिप्पणी समालोचक डा.लेखप्रसाद निरौला तथा “पुर्णपात्र”को बारेमा टिप्पणी साहित्यकार सुर्य लाकोजुले गरेका थिए।

मनको वारपारमा १सय १ वटा समसामयिक राजनीतिक दुराबस्था,प्रेम विछोड,अभाव,अमानवीयता आदि बिषयबस्तु समेटिएका सचित्र मुक्तकहरु समाबेश छन्  भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न बिषयबस्तु केन्द्रित मुक्तकहरु समाबेश गरिएका छन् ।

कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरेका थिए भने कृतिका श्रस्टाहरुले आ आफ्नो मन्तव्य राखेका थिए।

बिशिस्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रस्टाको मुक्तक संग्रह थपिएकोमा खुशी व्यक्त गरे ।

अर्का बक्ता पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गरे।

लोकार्पण कार्यक्रममा साहित्यकार डा.सुमन ताम्राकार ,गायक विजयराम कर्माचार्य ,शिक्षासेबी रामप्रसाद अधिकारी ,साहित्यकार तुइकाजी ताम्राकार ,कथाकार दिनमान गुर्माछन,
उक्त लोकार्पण कार्यक्रममा नगर उप प्रमुख गीता बन्जारा,कवि ,पत्रकार निर्भिक जङ रायमाझी लगायत नगरका जन प्रतिनिधिहरु सहितको उपस्थिती थियो।

२०७८ कात्तिक ५ गते प्रकाशन

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...