back

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँ बराबरका १५ लाख ५० हजार कित्ता शेयर स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:३०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेप्सेको उतारचढावपूर्ण साता: परिसूचकमा झिनो सुधार, लगानीकर्तामा भने ‘पर्ख र हेर’ को स्थिति

नेप्सेको उतारचढावपूर्ण साता: परिसूचकमा झिनो सुधार, लगानीकर्तामा भने ‘पर्ख र हेर’ को स्थिति

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:४४

काठमाडौँ । साताको पहिलो कारोबार दिन पूँजी बजार (नेप्से) मा...

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:१४

काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...