back

सूर्यकुण्ड हाइड्रोको आईपीओ मंगलवार बाँडफाँट गरिने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मंगलवार बाँडफाँट गरिने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार उक्त दिन बिहान ११ बजे क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार यस कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट कुल ६९ हजार ५१० जना आवेदकले १० लाख ४८ हजार ९० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले यस समूहका लागि कुल ६८ हजार ९६७ कित्ता शेयर मात्रै छुट्याएको हुनाले मागभन्दा करिब १५ गुणा बढी आवेदन पर्न गएको छ।

धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोला प्रथा (लक्की ड्र) बाट शेयर बाँडफाँड गर्दा ६ हजार ८९६ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर हात पार्नेछन्।

शेयर बाँडफाँट गर्दा बाँकी रहने थप ७ कित्ता शेयर भने १० कित्ता पाउने मध्येकै ७ जनालाई १/१ कित्ताका दरले थप गरी ११ कित्ता उपलब्ध गराइनेछ। यसको अर्थ आवेदन दिएका ६९ हजार ५१० मध्ये ६२ हजार ६१४ जना आवेदकको हात खाली हुने निश्चित देखिएको छ। तथ्याङ्कलाई हेर्दा आवेदन दिएका मध्ये करिब १० प्रतिशतले मात्रै शेयर पाउने र बाँकी ९० प्रतिशत लगानीकर्ता हात रित्तो हुने छ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको ‘अपर तादी खोला जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ।

आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको र स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन प्रक्रिया पुरा गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि पनि आईपीओ खुला गर्ने तयारी गरेको छ। मंगलबार बाँडफाँट भएपछि यसको नतिजा मेरो शेयरको वेबसाइट, कुमारी क्यापिटलको पोर्टल वा सिडिएससीको आधिकारिक आईपीओ रिजल्ट वेबसाइट (iporesult.cdsc.com.np) बाट हेर्न सकिने छ।

nactional life
Corporatebazar 11 Anniversary

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:३०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेप्सेको उतारचढावपूर्ण साता: परिसूचकमा झिनो सुधार, लगानीकर्तामा भने ‘पर्ख र हेर’ को स्थिति

नेप्सेको उतारचढावपूर्ण साता: परिसूचकमा झिनो सुधार, लगानीकर्तामा भने ‘पर्ख र हेर’ को स्थिति

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:४४

काठमाडौँ । साताको पहिलो कारोबार दिन पूँजी बजार (नेप्से) मा...

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:१४

काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...