सालपा विकास बैंकको आइपीओ आज बाँडफाँट हुने
वि.सं.२०८२ पुस ४ शुक्रवार
काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर ९आइपीओ० आज पुस ४ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।
कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ आज (शुक्रवार ) बाँडफाँट हुने भएको हो । सालपाको आइपीओमा ७२ हजार १४० जनाले आवेदन दिएका छन् । जसमा १७ हजार २३८ जनाले १०–१० कित्ताका दरले शेयर पाउछन् भने ५४ हजार ९०२ जनाले पाउने छैनन् । सालपाको बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटल रहेको छ ।
प्रकाशित समय : १०:१६ बजे





















