back

सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा

nactional life

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको हो ।

आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते आवेदन दिने समय तोकिएको छ ।

आयोजना प्रभावितबारे वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता (४० प्रतिशत) र अन्य प्रभावित वडाका स्थानीय बासिन्दालाई ६० लाख कित्ता (६० प्रतिशत) गरी सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशत बराबरका १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । उनीहरूले श्रम स्वीकृति प्रमाणित कागजातका आधारमा आवेदन दिन पाउनेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट दरखास्त फाराम भरी आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले फाराम भर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

जलविद्युत क्षेत्रको बलियो पुनरागमन : ९३ कम्पनीको खुद नाफा ८ अर्ब ९२ करोड नाघ्यो

जलविद्युत क्षेत्रको बलियो पुनरागमन : ९३ कम्पनीको खुद नाफा ८ अर्ब ९२ करोड नाघ्यो

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:२७

काठमाडौं। नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो...