back
Naima

रिलायबल लाइफले असार २७ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:१९

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २७ बुधवार ११:१६

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा...