back

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि आइपिओ निष्कासन गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्नेछ।

कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरेर बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो।उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असार १४ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।


क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:३३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने...

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:२८

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:५६

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:०५

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका...

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

वि.सं.२०८० फागुन १५ मंगलवार ११:१४

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ...