back

आदर्श लघुवित्तको आईपीओ असार १ गतेदेखि बिक्री खुला हुने, कति कित्ता सम्म आवेदन दिने ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ ।

लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता निष्काशन गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा असार ६ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

 

election

कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि खुल्ला

कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि खुल्ला

वि.सं.२०७९ मंसिर १४ बुधवार १०:३१

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज अर्थात मंसिर १४ गतेदेखि...

माया खोला हाइड्रोपावरको मंसिर २३ गतेदेखि आईपीओ निष्काशन

माया खोला हाइड्रोपावरको मंसिर २३ गतेदेखि आईपीओ निष्काशन

वि.सं.२०७९ मंसिर १४ बुधवार १०:२०

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि...

बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ जारी गर्ने

बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ जारी गर्ने

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:४४

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्री खुला

कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्री खुला

वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:५७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा...

सिटिजन्स बैंकको शेयर बिक्रीमा

सिटिजन्स बैंकको शेयर बिक्रीमा

वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:५०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको...

सिभिल बैंकको कारोबार फुकुवा

सिभिल बैंकको कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर ७ बुधवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड...