तपाईको छुट्ला है १ लाख कित्तासम्म भर्न पाइने आईपीओः आवेदन दिने अन्तिम दिन भोलि
वि.सं.२०७९ जेठ १९ बिहीवार
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ।
कम्पनीको आईपीओमा आवेदन दिन अन्तिम म्याद भोलि अर्थात जेठ २० गते शुक्रबारसम्म रहेको छ ।कम्पनीले वैशाख २२ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १३ करोड ५० लाख बराबरको प्रतिकित्ता १०० रुपैयाा अंकित दरका १३ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।उक्त आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित समय : १७:३९ बजे




















