back

दोर्दी खोला जलविद्युतले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने,कति कित्तासम्म आवेदन दिन पाईन्छ ?

nactional life

काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले यहि वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासित शेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका साविकको भारते, अर्चलबोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका बासिन्दाले आवेदन दिन सक्ने छन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे जेठ ११ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । आईपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ सम्बन्धी विवरणपत्र सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल र दोर्दी खोला जलविद्युत कम्पनीको अफिस त्रिपुरेशवर, काठमाडौंबाट लिन सकिनेछ ।

त्यसैगरी सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको सेराबजार शाखा, मुक्तिनाथ विकास बैंकको बेसीशहर शाखा र एनएमबि बैंकको बेसीशहर शाखाबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने छ ।

यीसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...