back

युक्रेनी महिलाको पीडा : ‘रुसी सैनिकले मलाई बलात्कार गरी मेरो श्रीमानको हत्या गर्‍यो’

किभ। रुसी सेनाले अहिले युक्रेनको राजधानी किभ छोडेको छ। तर युद्धले किभलाई आघातबाट कहिल्यै बाहिर आउन नसक्ने बनाएको छ।

युक्रेनी महिलाहरू रूसी सैनिकबाट बलात्कृत भएका धेरै साक्षीहरु रहेको बीबीसी समाचारमा उल्लेख छ।

किभबाट ७० किलोमिटर पश्चिममा रहेको एक शान्त गाउँमा ५० वर्षीया अन्ना(नाम परिवर्तन) भेटिन्छिन्। अन्नाले गत मार्च ७ मा विदेशी सैनिकहरू उनीहरूको घरमा प्रवेश गर्दा उनी आफ्नो पतिसँग घरमा भएको बताइन्।

उनले भनिन्, ‘उनले मलाई बन्दुक देखाएर तर्साउँदै नजिकैको घरमा लगे। मलाई तिम्रो लुगा फुकाल नत्र म तिमीलाई गोली हान्छु भने। मलाई उनको आदेश नमाने मारिदिने धम्की दिइरहेका थिए, त्यसपछि उनले मलाई बलात्कार गर्न थाले।’

उनीमाथि आक्रमण गर्ने व्यक्ति एक जवान, पातलो र रूसी-सम्बन्धित चेचेन लडाकु भएको उनले बताए।

उनी भन्छिन्, ‘उनले मलाई बलात्कार गरिरहेका थिए। त्यही बेलामा थप चार जना सिपाही आए। र मलाई अब बाँच्दिनँ भन्ने लाग्यो। तर उनीहरूले उसलाई बाहिर लगे र मैले फेरि उसलाई देखिनँ।’

उनी विश्वास गर्छिन् कि रूसी सैनिकहरूको अर्को दलले उनलाई बचायो। जब अन्ना घर फर्किइन्, उनले आफ्नो पतिलाई पेटमा गोली लागेको अवस्थामा घाइते अवस्थामा भेट्टाइन्।

अन्ना भन्छिन्, ‘उनी मलाई बचाउन मेरो पछि दौडे। तर उनलाई गोली लाग्यो।’ यसपछि अन्ना र उनका श्रीमानले छिमेकीको घरमा शरण लिए। तर बाहिर चलिरहेको संघर्षका कारण अन्नाका श्रीमानलाई अस्पताल लैजान सकिएन। र दुई दिन पछि उनको मृत्यु भयो। अन्ना आफ्ना पीडादायी कथाहरू सुनाउँदै रोइन्। उनले छिमेकीको सहयोगमा श्रीमानलाई गाडेको घर पछाडिको ठाउँ देखाइन्।

चिहानको टाउकोतिर काठको ठुलो क्रस राखिएको छ। अन्नाले आफू स्थानीय अस्पतालको सम्पर्कमा रहेको र मानसिक सहयोग पाइरहेको बताइन्।

अन्नालाई बचाउने सिपाहीहरू केही दिन उनको घरमा बसे। ती सिपाहीहरूले उनलाई बन्दुक देखाएर श्रीमानका सामानहरू दिन आग्रह गर्ने गरेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘उनीहरू गएपछि मैले ड्रग्स र भियाग्रा भेटें। तिनीहरू प्रायः नशामा हुन्थे। तिनीहरूमध्ये अधिकांश हत्यारा, बलात्कारी र लुटेराहरू थिए। थोरै मानिसहरू मात्र ठीक थिए।’

बलात्कार पछि हत्या

अन्नाको घरबाट केही पर अर्को दर्दनाक कथा सुनियो । यहाँ एक महिलाको बलात्कारपछि हत्या भएको थियो। अन्नालाई बलात्कार गर्ने व्यक्तिले नै यी महिलाको बलात्कार गरी हत्या गरेको छिमेकीहरूले बताए। आन्नाको घर पुग्नु अघि उसले उक्त घटना घटएको बताइएको छ।

यी महिलाको उमेर ४० वर्षको हाराहारीमा रहेको छिमेकीले बताएका छन्।

उनलाई उनकोघर नजिकै रहेको खाली घरको सुत्ने कोठामा लगिएको थियो। यस घरमा बसोबास गर्नेहरू युद्ध सुरु भएपछि आफ्नो घर छोडेर गएका थिए।

सफासँग सजाइएको घरको यो सुन्दर सानो कोठा अब हृदय विदारक अपराधको साक्षी बनेको छ। डस्ना र कम्बलमा रगतको दाग छ। कोठाको कुनामा एउटा ऐना छ जसमा लिपस्टिकले नोट लेखिएको छ। यो नोटमा पीडितलाई गाड्ने ठाउँको बारेमा बताइएको छ।

छिमेकमा बस्ने ओक्सानाका अनुसार यो नोट रूसी सेनाले छोडेको थियो जसले यो महिलाको शव फेला पारेको थियो। त्यसपछि रुसी सेनाले नै यी महिलालाई गाडे।

उनी भन्छिन्, ‘उनीहरू (रूसी सैनिकहरूले) मलाई भने कि यी महिलालाई बलात्कृत गरिएको थियो र उनको घाँटी काटिदिइएको। घाँटीबाट रगत बगेको थियो। रगत बगेको कारणले नै उनको मृत्यु भएको हो।’

सोही घरको बगैंचामा यी महिलालाई गाडिएको छ।

हामी पुगेको एक दिनपछि प्रहरीले उनको शव बाहिर निकाल्यो ताकि घटनाको अनुसन्धान होस्। ती महिलाको शरीरमा कुनै कपडा थिएन र घाँटीमा गहिरो र लामो काटिएको निशान थियो।

एक होइन धेरै केसहरू

कीभ क्षेत्रका प्रहरी प्रमुख आन्द्रे नेबिटोफका अनुसार उनको विभागले किभबाट ५० किलोमिटर पश्चिममा रहेको क्षेत्रमा यस्तै घटनाको अनुसन्धान गरिरहेको छ। एउटा परिवार आफ्नो सानो बच्चासँग गाउँको छेउमा बस्थे।

नेबिटोफ भन्छन्, ‘मार्च ९ मा रुसी सेनाका धेरै सिपाहीहरू उनीहरूको घरमा प्रवेश गरे। श्रीमानले आफ्नी श्रीमती र बच्चालाई बचाउने प्रयास गरे। त्यसैले उनीहरु पतिलाई घर बाहिर लगेर गोली हाने।

त्यसपछि दुई सैनिकले श्रीमतीलाई पटक–पटक बलात्कार गरे। उनीहरु गइसकेपछि पनि पटक-पटक बलात्कार गर्न आएका थिए। उनले विरोध गरे छोरीलाई हानी पुर्‍याउने धम्की दिए। उनले आफ्नो बच्चाको लागि प्रतिरोध गरिनन्।’

सिपाहीहरू त्यहाँबाट जानेबेलामा तिनीहरूले महिलाको घर जलाए र कुकुरहरूलाई गोली हानेर मारे। महिला आफ्नो बच्चा लिएर भाग्न सफल भइन्। नेबिटोफ भन्छन् कि उनको टोलीले ती महिलालाई भेटेर उनको बयान लिएको छ।

प्रहरीले केही समयदेखि पीडितको घरमा प्रमाण खोज्दै आएको थियो। तर यो ठाउँ अहिले संरचना मात्रै बाँकी छ। पीडितका छिमेकीले श्रीमानलाई बगैंचामा गाडेका थिए। अहिले प्रहरीले घटनाको अनुसन्धान गर्न उनको शव निकालेको छ।

प्रहरीका अनुसार उनीहरु यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजान चाहन्छन्।

युद्ध अपराध अनुसन्धान

युक्रेनको मानवअधिकार ओम्बड्सम्यान ल्युडम्याला डेनिसोवाले आफूले यस्ता सबै मुद्दा दर्ता गरिरहेको बताएकी छन्।

‘बुचामा रुसी कब्जाको क्रममा, १४ देखि २४ वर्षका २५ जना केटीहरू घरमुनिको तहखानामा बारम्बार बलात्कृत भए। तीमध्ये नौ जना गर्भवती छन्,’ उनी भन्छिन्, ‘रूसी सिपाहीले ती केटीहरुलाई युक्रेनी सन्तान जन्माउनबाट रोक्नको लागि अर्को व्यक्तिसँग यौनसम्बन्ध राख्ने सोच पनि आउने गरी बलात्कार गर्ने भनेका थिए।’

डेनिसोवा सपोर्ट हेल्पलाइनबाट लगातार कल आइरहेको र टेलिग्राम मेसेजिङ एपमा पनि जानकारी लिइरहेको बताउँछिन्।

डेनिसोभा भन्छिन्, ‘एउटी २५ वर्षीया महिलाले हामीलाई फोन गरिन् र बताइन् कि उनको १६ वर्षीया बहिनीलाई सडकमा उनीहरूकै अगाडि बलात्कार गरियो। हरेक नाजी वेश्यासँग यही हुने भन्दै उनीहरु कराइरहेका थिए।’

भ्लादिमिर पुटिनविरुद्धको बलात्कारको आरोप सहितको युद्ध अपराधको गोप्य रूपमा अनुसन्धान गर्न संयुक्त राष्ट्र संघले एउटा विशेष न्यायाधिकरण गठन गरोस् भनी युक्रेन चाहन्छ।

अन्ना भन्छिन्, ‘म पुटिनलाई सोध्न चाहन्छु, यो सब किन भइरहेको छ? हामी ढुङ्गा युगमा बाँचिरहेका छैनौं, किन बोल्न सक्दैनन्? किन कब्जामा लिएर हत्या गरिरहेछन्?’ बीबीसीबाट

 

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...