back

फेदीखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले ऋण लगानी गर्ने

काठमाडौं । फेदीखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ। फेदीखोला हाइड्रो पावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच ४.३ मेगावाट क्षमताको फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने बिहीबार सम्झौता भएको हो।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेको उक्त जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँ बैंकले ऋण लगानी गर्नेछ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ। कम्पनीका अनुसार यही साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरी स्वपुँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आर्थिक वर्षभित्रमा गरिने लक्ष्य रहेको छ।

२०८२ असोजभित्र निर्माण सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको छ र सभिलि निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने, ७३२ किलोमिटर प्रसारण लाइन

एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने, ७३२ किलोमिटर प्रसारण लाइन

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:२६

काठमाडौँ । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको...

तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने

तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:१९

काठमाडौँ । सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने...

विकाश हाइड्रोपावर लिमिटेडको आज देखि आईपीओ खुल्यो

विकाश हाइड्रोपावर लिमिटेडको आज देखि आईपीओ खुल्यो

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:५६

काठमाडौँ। विकाश हाइड्रोपावर लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री...

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:३६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२...

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:५७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर...