back

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा

दमौली–भरतपुर २२० केभी ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरहरुको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

nactional life

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ। मनसुन अगावै सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर बाँध निर्माण थालिएको थियो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको थियो ।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनसुन सुरु हुनुभन्दा पहिले नै बाँध निर्माण सक्ने गरी काम अगाडि बढाइएकामा लक्ष्य बमोजिम नै जग खन्ने काम सम्पन्न भएको छ ।”

आयोजनाको मुख्य निर्माणलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.लि.) नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज १ को हालसम्मको प्रगति ३३ दशमलव दुई प्रतिशत भएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानीकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ ।

आयोजनाको तेस्रो प्याकेजको रुपमा रहेको प्रसारण लाइन निर्माण हालसम्म ७३ दशमलव दुई प्रतिशत सकिएको छ । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म रहेको छ ।

भारतीय कम्पनी केइसी इन्टरनेसनलले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । दमौली–भरतपुर २२० केभी ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरहरुको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३३

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४३

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३४

काठमाडौं । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...