back

रियलमीमा ४ नयाँ उत्पादन नेपाली बजारमा, हेर्नुस् कस्ता छन् फिचरहरु

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ उत्पादनहरु नेपाली बजारमा सार्वजनकि गरेको छ । विश्वभरि सबैभन्दा छिटो बढिरहेको रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लञ्च गरेको हो ।

आकर्षक मूल्यमा रियलमी सी ११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसर भएको रियलमी सी २०, ट्रिपल क्यामेरासहितको रियलमी सी २१ र फ्ल्यागसिप रियलमी ८ नेपाल बजारमा ल्याइएको छ। डिजाइन, यूआई आदिमा कुनै सम्झौता नगरी आकर्षक स्पेसिफिकेन्ससहित बजारमा ‘राइट प्राइसिङ’ स्ट्राजिटी लिएर आएको रियलमीले एक हप्तामै बजारबाट धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

सी सिरिज

रियलमी सी २० र सी२१ अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र MediaTek Helio G35 gaming SoC भन्दा परिष्कृत छ। रियलमी सी११ २०२१ सँगै यी दुवै डिभाइसहरुमा भव्य ६.५– इन्च डिस्प्ले रहेको छ।

रियलमी सी २१ मा सीमित प्रतिस्पर्धी ब्रान्डहरुले मात्र दिनसक्ने फोरजीबी र्याम र ६४जीबी स्टोरेजसहित ट्रिपल क्यामेरा रहेको छ। यसमा भएको सर्वोत्तम रियलमी यूआई २.० ले भिन्न अनुभव गराउँदछ र सुन्दर डिजाइनका साथै स–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउनेछ।

छोटकरीमा भन्दा, आक्रामक मूल्यमा उपलब्ध सी सिरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको प्राफरमेन्सको अनुभव गर्न सक्नेछन्।

हरेक कोणबाट परिपूर्ण रियलमी ८ मा फास्ट इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको ६.४ इन्च सुपर एमोलिड फुल स्क्रिन डिस्प्ले रहेको छ। ओलिड डिस्प्ले भएको स्मार्टफोनहरुमा यतिको क्वालिटी कमै पाइन्छ।

यसका साथै रियलमी ८ को डिस्प्ले १००० निट्ससम्म जान सक्छ। जसकारण प्रयोगकर्ताले चम्किलो घाममा पनि सहजै चलाउन सक्नेछन्।

यसमा Helio G95 SoC रहेको छ। जसले सामान्य फोन भन्दा बिल्कुलै फरक अनुभव गराउनेछ। ६जीबी प्लस ५जीबी (डीआरई) र्याम र १२८जीबीको स्टोरेजसहितको रियलमी ८ को बलियो प्रोसेसरले हेभिलोडमा पनि सजिलै काम गर्नसक्छ। यसैगरी गेमिङ स्पेस फिचरले गेमिङका लागि सुविधाहरुबाट उपलब्ध गराएर पनि प्रयोगकर्ताहरुलाई सन्तुष्टि दिन्छ।

यसका साथै Quad Camera  सहित आउने लाइट वेइट स्लिम डिजाइन भएको रियलमी ८ मा ३० वाट डार्ट चार्जिङको सुविधा छ। जसले फोनलाई ६५ मिनेटमा नै ० प्रतिशत बाट १०० प्रतिशत चार्ज गराइदिन्छ।

२०७८ असोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०१

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो...

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८

काठमाडौं । एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५४

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...