back
Naima

कम पूँजी भएका लगानीकर्ताको लागि म्युचुअल फण्डमा लगानी प्रभावकारी

काठमाडौँ । कम पूँजी भएकाहरुका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको म्युचुअल फण्डको वारेमा बुझौ र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले कम पूँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरुका लागि म्यचुअल फण्डमा लगानी प्रभावकारी हुने बताएका हुन । कम पूँजी भएका , बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ ।

धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सुचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रबृत्ति बढ्दै गएकाले सहि सुचना आजको आवश्यकता रहेको समेत ढकालको भनाई छ । दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर बिभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाब दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाईनै दोहो¥याएका छन् । योजना व्यवस्थापकलेनै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ । हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरुलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ ओटा बन्दमुखी योजनाहरुको रू. २९ अर्ब बराबरको पूँजी परिचालन रहेको जानकारी दिए ।

यी बाहेक चार ओटा खुलामुखी योजनाहरु सञ्चालनमा रहेको समेत उनले बताए । म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाई छ । म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आईरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको प्रष्ट पारे । म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरुको पूँजीको जिम्मा लिई थोरै भएपनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ त झनै चनाखो भएर लगानीगर्नुपर्ने भनाई गिरीको छ ।

सञ्चारकर्मिहरुको माध्यमबाट आम लगानीकर्ताहरुलाई सहज तरिकाले म्युचुअल फण्डको वारेमा सुचना सम्प्रेषण गर्ने उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फण्डका विविध विषयमाथी प्रष्ट पार्दै एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तराष्ट्रिय बजारमा खुलामुखी योजनाहरुनै म्युचुअल फण्डका रुपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविश्य राम्रो रहेको समेत बताए ।

मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरुमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरु बढाएर लैजानुपर्ने आवश्यकता औल्याएका छन् । म्युचुअल फण्डका सम्बन्धमा आम लगानीकर्ताहरुलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले पनि दिर्घकालिन लगानीको रुपमा म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरुमा पु¥याउन आवश्यक रहेको बताए । यसका लागि पत्रकारहरुको क्षमतालाईनै बढाउन आवश्यक रहेको उनको भनाई छ ।

नाफिज र मर्चेण्ट बैंकर एशोसिएसनको सहकार्यलाई निरन्तरता दिदैं पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि आगामी दिनमा पनि म्युचुअल फण्ड लगाएत धितोपत्र बजारका थप विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको क्षमता विकासका लागि नाफिजले विभिन्न निकायहरुसँगको सहकार्यमा क्षमता विकास सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।
२०७८ साउन २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...