back
Naima

सरकारी लगानीमा नयाँ डिजिटल पेमेन्ट कम्पनी सञ्चालन

काठमाडौँ। सरकारी लगानी अर्थात नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानीमा नयाँ डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले आजदेखि सेवा आरम्भ गर्न लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले नमस्ते पेका नामबाट नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले सेवा सञ्चालन गर्न लागेको बताए ।

यो सेवा पनि अन्य डिजिटल पेमेन्ट सेवाका माध्यमहरु जसरी नै प्लेस्टोर र एप स्टोरबाट ‘नमस्ते पे’ डाउनलोड गरेर सेवा लिन सकिने छ । पहिलो चरणमा दुरसञ्चार सेवा प्रादयकहरुको रिचार्ज, विद्युत र खानेपानीको बिल तथा केहि बैंकहरुको रकम प्रयोग गर्न सकिन्छ । ‘मंगलबार ब्राण्ड र सेवाको आरम्भ गर्दैछौं, मूलत सरकारी सेवाहरुलाई डिजिटल बनाउनका लागि कम्पनीको भूमिका अग्रणी रहनेछ ।

कम्पनीमा एक अर्ब अधिकृत पुँजी रहने छ भने चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । कम्पनीमा टेलिकमले २५ करोड र बाणिज्य बैंकले १५ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले २०७७ चैत ४ गते सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गरिसकेको भण्डारीको भनाई छ ।

यसमा नेपाल टेलिकमको मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने सुबिधा छ । टेलिकमले अन्य भुक्तानी सेवा प्रदायकभन्दा फरक यूएसएसडी अर्थात मोबाइलमा अंक डायल गरी बिना इन्टरनेट भुक्तानी सेवा सञ्चालन गर्नेछ ।

मोबाइल एप्स, क्यूआर कोडलगायतका अन्य सेवा पनि यसमा रहनेछन् । नमस्ते पेमा स्मार्टफोन प्रयोग नगर्ने उपभोक्ताले पनि डिजिटल कारोबार गर्न सक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।

कम्पनीले कालान्तरमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजनासहित कम्पनीको रोडम्याप तयार पारेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ‘हामीले कालान्तरमा आईपीओ जारी गर्ने सोँचसहित कम्पनीको संरचना तयार पारेका छौं’, प्रबन्ध निर्देशक अधिकारीले भने ।
डिजिटल पेमेन्ट कम्पनीको लागि सरकारी लगानीमा यो कम्पनी पहिलो हो ।
२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...