back

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो। ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाइटमा रहेको ‘अप्लाई नाउ सेक्सन’ मा गई सहजै अनलाइनबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ।

यसका साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सीधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंकबाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एकपटक आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन्।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालैमात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।

२०७८ भदौ २७ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...