सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’, आकर्षक ब्याजसहित यी सेवा निःशुल्क
वि.सं.२०७८ भदौ २७ आइतवार
काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ को शुभारम्भ गरेको छ।
१ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ। यस खातामा अन्य बचत खातामा भन्दा १५ बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निस्शुल्क उपलब्ध गरिएको छ। उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरुको व्यवस्था गरिएको छ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकले आफूलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्ने सुविधा लिन सक्नेछन्। उक्त खाता खोल्नका लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ।
बैंकले काठमाण्डौ उपत्यकामा २३ शाखा र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०३ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।
२०७८ भदौ २७ गते प्रकाशित
प्रकाशित समय : १८:३७ बजे






















