back

पेट्रोलियम पदार्थको मूल्य बढ्दा पो चाँसो, खानि तेलको बारे बोल्न कसलाई के खाँचो

काठमाडौँ । पछिल्लो समय तोरीको तेल र अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । वस्तुको माग उच्च हुँदा बजारमा पुर्याउन नसकिएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

भारत लगायत अन्य देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात हुँदै आएको छ । अन्य देशले कच्चा पदार्थकोे मूल्य बढाउँदा नेपाली बजारमा खाने तोरीको तेलको मूल्य बढेको तेल उद्योेगीहरु बताउँदै आएका छन् ।

गत एक वर्षको अवधिमा व्यवसायीले तेलको मूल्यमा झन्डै दोब्बरले मूल्य बढाएका छन् ।

आयातलाई देखाउँदै मूल्य बढाउँदा उपभोक्ताले महङगो मूल्यमा तेल खरिद गर्नुपरेको छ । दैनिक उपभोग गर्नुपर्ने अनिवार्य आवस्यकता भित्रको तेल बढ्दा गरिब जनता मारमा परेका छन् । यता, व्यवसायीले भने नेपाली बजारमा तेलको मूल्य बढाएर तेस्रो देशमा निर्यात गर्दै आएका छन् ।

गत एक वर्षको अवधिमा तेल उद्योगीले आफूखुशी मूल्य बढाउँदा खाने तोरीको तेलको मूल्य दोब्बरले बढेको छ । केही समयअघि मूल्य घटाएका तेल उद्योगीले पुनः मूल्य बढाउन थालेका हुन । करिब एक साताको अवधिमा प्रतिलिटर न्यूनतम १५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको खुद्रा व्यवसायी संघले जनाएको छ ।

संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य तेल उद्योगीले आफूखुशी पुनः मूल्य बढाएको बताउँछन् । उनका अनुसार केही समयअघि मूल्य घटाएको भन्दै प्रचार गरेका उद्योगीहरुले पुनः मूल्य बढाउन थालेका छन् ।

‘वाणिज्य विभागले बजार अनुगमन गरेर मूल्य घटाउँन निर्देशन दिएपछि मूल्य घटाएको झोटो प्रचार गरेका उद्योगीहरुले बिना जानकारी कच्चा पदार्थको मूल्य बढेको भन्दै तेलको मूल्य बठाएका छन्, फितलो बजार अनुगमन गरी विभागका कर्मचारीहरु तेल उद्योगीको बचाउमा लाग्दा तेलको मूल्य बढ्यो,’ उनले भने ।

मूल्य र उपभोग्य मिति केन्द्रित बजार अनुगमन

बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य विभागले चार्डपर्व सुरु भएसगैँ मूल्य र उपभोग्य मिति केन्द्रीत बजार अनुगमन सुरु भएको जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईं चाडपर्वमा बजारमा अनुचित व्यापारिक क्रियाकलापमा वृद्धि हुने भन्दै केन्द्रीत भएर अनुगमन गरिएको बताउँछन् ।

‘निषेधाज्ञाका कारण धेरै बस्तुको उपभोग्य मिति सकिएका छन्, मिति सकिएका बस्नु नहटाएर पुनः सोही वस्तु बजारमा बिक्री गरिएको पाइएको छ, मिति सकिएको वस्तु सगैँ एमआरपी मूल्यभन्दा बढी मूल्यमा समेत बिक्री गरिन्छ, हामीले दैनिक ३ समूहबाट मूल्य र उपभोग्य मिति केन्द्रित भएर बजार अनुगमन गरेका छौं,’ उनले भने ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिः

आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा पुनः बढोत्तरी भएको छ । नेपाल आयल निगमले सोमबार रातीबाट लागुहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतबाट मूल्य बढेर आएकोले मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

यस्तै खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।

अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ।

पेट्रोलियम पदार्थ वृद्धि विरुद्ध सत्ता पक्षकै विद्यार्थी संगठनद्धारा विरोधः 

आजबाट पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सत्तारुढ विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका पाँच विद्यार्थी संगठनहरुले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न माग गरेको छ ।

विद्यार्थी संगठनले निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको आरोप लगाएका छन् ।

संगठनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं ।

सरकारले पेट्रोलियम पदार्थमा पुनःमूल्यबृद्धि गरेको छ । पाँच विद्यार्थी संगठनको तर्फबाट हामीले जनतालाई सम्पूर्ण जानकारी नगराइकन मूल्य समायोजन मान्य नहुने चेतावनी दिएका थियौं ।’

खानेतेलको मूल्य वृद्धिमा सबै बेखबर

यता हप्तापन्ध्र दिनमा २÷३ रुपैयाँले बढ्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा विद्यार्थी संगठन लगायत सम्बन्धित सबै निकायहरु विरोध गर्छन् । तर, खाने तेलको मूल्यले आकाश छुँदा पनि सबै निकायहरु मौन नै छन् ।

एक हप्तामा २० देखि ३५ सम्मको मूल्यवृद्धि हुँदा विद्यार्थी संगठन, उपभोक्ताको हकहितका लागि गठित विभिन्न संघ संस्थाहरु भने यसमा बेखबर छन् ।

सामान्य जिवनयापन गर्ने, दिनभर काम गरेर विहान बेलुका छाक टार्नेहरुले भने अब तरकारीमा तेल राख्नका लागि छाक नै कटाउनुपर्ने अवस्था आएको छ । एक लिटर तेल आउने पैसाले साधारण क्वालिटिको चामल चारपाँच केजी आउँछ ।

यसले गर्दा नेपाली समाजमा एउटा स्लोगन छ ‘धनिलाई महँगीको के मतलब, मध्यवर्गका परिवारका सदस्य जता दुईचार पैसा आउँछ त्यतै लहैलहैमा लाग्छन् र गरिब जो चपेटोमा पर्छन् उनीहरुसँग आवाज उठाउने दक्षता नै हुँदैन’ । यस्तै भएको छ, अहिलेको महँगीको अवस्था र असहमतिका नारा ।

२०७८ भदौँ ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...