back

शेयर लगानीकर्तालाई प्यान अपडेट गर्न आग्रह

bकाठमाडौं । नेपाल स्टक एकसचेञ्ज नेप्सेले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर(प्यान) अपडेट गर्न अनुरोध गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै लगानीकर्तालाई प्यान अपडेट गर्न आग्रह गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक हुने गरेको पाईएकाले प्यान एकिन गर्न लगानिकतालाई आग्रह गरेको हो ।

उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसक्ने उक्त सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी लगानीकर्ताबाट समेत विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनाँसो समेत आएको आफनो स्थाई नम्बर अपडेट गर्न नेप्सेले अनुरोध गरेको छ ।

फरक स्थायी लेखा नम्बर प्रविष्टि गरेको कारण विवरण रुजु नभएमा तथा फरक स्थायी लेखा नम्बरको कारणले लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर नगएमा स्वयं सदस्य दलाल व्यवसायी जवाफदेही हुनुपर्ने र लगानीकर्ताले पनि आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी यकिन हुन नेप्सेले लगानिकर्ताले अनुरोध गरेको छ ।

२०७८ साउन १३ गते प्रकाशित


निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:५३

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको...

निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक १८८ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक १८८ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १८८...

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २१ बुधवार १४:३६

काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ३ लाख २० हजार २१४...

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्दै एनएलजी इन्सुरेन्स

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्दै एनएलजी इन्सुरेन्स

वि.सं.२०८१ कात्तिक २१ बुधवार १०:४७

काठमाडौं । एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद...

तिहारपछिको पहिलो कारोबार दिन ०.२१ अंकले घट्यो नेप्से

तिहारपछिको पहिलो कारोबार दिन ०.२१ अंकले घट्यो नेप्से

वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:१९

काठमाडौं । तिहारको बिदापछिको पहिलो कारोबार दिन आज नेप्से परिसूचक...