back
Naima

नेप्सेका सिईओ साउद, सेबोनका अध्यक्ष ढुंगाना र वरिष्ठ उपाध्यक्ष ढकालले भित्री कारोबार गरेको स–प्रमाण खुलासा

काठमाडौँ । मुलुकमा पदीय दायित्व पुरा गर्ने र कमिकमजोरी हटाउने उद्देश्य भन्दा पनि पदको दुरुपयोग गरेर कसरी आफ्नो हितमा काम गर्न सकिन्छ भनी पदप्रति मनोकांक्षा राख्ने र त्यतै दौडधुप गर्ने प्रवृतिका मान्छेहरु छ्यापछ्याप्ति भेटिन्छन् । यसो त विभिन्न नियामक निकायहरुमा यस्तै प्रवृतिमा मान्छे भेटिनु हाम्रो मुलुकमा प्रचलन जस्तै भैसकेको छ । फलस्वरुप यो प्रवृतिबाट सेयर बजार पनि अछुतो रहन सकेन ।

प्राईभेट कम्पनी र व्यावसायी त यसै पनि ‘हाउ टू अर्न’(How to earn) कै सिद्धान्तमा हिडने हुन् । उनीहरुले पाएसम्म कुनै चोर बाटो अपनत्व गर्नु यो कुनै अस्वभाविक हैन, यदि त्यसो हुन्थ्यो भने नियामक निकाय नै किन चाहिन्थ्यो र ? यद्यपी यो मुलुकको हक हितमा र स्वभाविक भने होईन । तर, तर नियामक निकायमा रहेका उच्च तहका व्यक्तिहरु नै पदको दुरुपयोग सकेसम्मको फाइदा लिनुलाई भने सामान्य रुपमा लिन सकिदैन । तर, हालै सेयर बजार नियामक निकायको उच्च तहमा बसेकाहरुले नै पदको दुरुपयोग गरि भित्री कारोबार गरेको खुलेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउद, नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) का परिष्ठ उपाध्यक्ष चन्द्र ढकालले धितोपत्र सम्बन्धि ऐनको वेवास्ता गर्दै भित्री कारोबार गरेको खुल्न आएको हो ।

नेप्सेका सिईओ साउदकी श्रीमतिको नाममा सेयर खरिदः सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रिया मार्फत साधारण शेयर निष्कासनको तयारी गरिरहेका वेला साउदले पारिवारिक सदस्यका नाममा उक्त कम्पनीको शेयर आफुले हात परेका छन् । साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएको प्रमाण भेटिएको हो । हिमाल खबरका पत्रकारद्धय रमेश कुमार यो कुरा स–प्रमाण खुलस्त पारेका छन्

आर्थिक वर्ष २०७६–७७ को बोनस शेयरपछि बोहराको नाममा ११ हजार ९१२ कित्ता सेयर पुगेको छ । उक्त कारोबार समय भनेको सर्वाेत्तमले बुकविल्डीङको प्रकृया अगाडी बढाएपछिको हो ।

सेयर विज्ञहरुका अनुसार कुनै कम्पनीको सेयर बजारमा आउन आगेको समयमा नेप्से, सेबोन तथा त्यहाँका कर्मचारीहरुले खरिद गर्नु वा नातेदारलाई सुचना प्रवाह गर्नु गैरकानूनी हुन्छ ।
यसो त उक्त कारोबार ओटीसी (दलाल बिना नै क्रेता र बिक्रेताको समझारीमा हुने कारोबार) मार्फत भएको छ । सर्वाेत्तमले सेयर बजारमा ल्याउने प्रक्रिया अगाडी बढाईसकेपछि नेप्सेकै सिईओको श्रीमतिले सेयर खरिद गर्नुलाई पूर्व सूचना नभएको मान्न सकिदैन भने पूर्व सूचनाको आधारमा यसरी कारोबार गर्नू कानून सम्बत भने हैन ।

यता साउदले बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको कम्पनीको शेयर लिन नमिल्ने भन्ने व्यवस्था नरहेको र दोस्रो बजारमा कारोबार गर्न नपाउने भएपनि यसरी हस्तान्तरण गर्न नमिल्ने भन्ने नरहेको बताए ।

बोडका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सेयर खरीदः सोही बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको सर्वाेत्तमको लगभग ११ हजार ९१२ कित्ता कित्ता सेयर ढुंगानाकी छोरीको नाममा भेटिएको छ ।
सर्वोत्तम सिमेन्टको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन्। ढुंगानाको नाममा गत पुसमा दश हजार कित्ता शेयर हस्तान्तरण भए पनि आर्थिक वर्ष २०७६।७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको हो।

बोर्डको नेतृत्व ढुंगानाले समालेसँगै शेयर बजारमा आउने पक्रिया अगाडी बढाएपछि उनकै छोरीको नाममा सेयर खरिद भएको भेटिएको छ । कम्पनीमा ढुंगानासहितका व्यक्तिलाई शेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएछन् । बजारमा शेयर ल्याउने प्रक्रिया सुरु भएपछि बोर्डकै अध्यक्षकी छोरीले सेयर खरिद गर्नुलाई पूर्व सूचना बिना नै खरिद गरेको मान्न भने कठिन नै हुन्छ ।
यसो त अध्यक्ष ढुंगानाले आफु बार्डको अध्यक्षमा हुँदैमा बिवाहीत छोरीले सेयर किन्न नमिल्ने भन्ने कानुनमा नभएको बताउँछन् ।

बोर्ड संचालक ढकालका भाईको नाममा सेयर खरिदः यस्तै यता वरिष्ठ उपाध्यक्ष तथा बार्ड सञ्चालक ढकालका सहोदर भाई हेमराज ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर खरिद भएको पाइएको छ। सर्वाेत्तमले शेयर बजारमा ल्याउने प्रक्रिया अगाढी बढाएपछि नै उक्त सेयर खरिद भएको पाईएपछि पूर्व सूचनाका आधारमा खरिद गरिएको आशंका गरिएको हो ।

वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यस्ता कार्यलाई दण्डनीय मानेको बताउँछन । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ भएको उनको भनाई छ । यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुन सक्ने उनको भनाई छ ।

२०७८ साउन १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...