back
Naima

लगातार घटेको सेयर बजारमा आजपनि ३२ अंकको गिरावट

काठमाडौँ । यो साताको सुरुको कारोबार दिनदेखि नै ओरालो लागेको सेयरबजारमा आजपनि गिरावट आएको छ । आज सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० विन्दूमा झरेको छ ।

कारोबारमा आएका २ सय १४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता किनबेच हुँदा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २ सय २ रुपैयाँ बराबरको करोबार भएको छ ।

नेप्सेमा गिरावट आउँदापनि सकरात्मक सर्किट हान्ने कम्पनीः
नेप्सेमा रातो छाउँदापनि केही कम्पनीका लागनीकर्ताले भने पोर्टफोलियो बढाएका छन् । यो दिन ज्योति लाईफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावर लगायतका कम्पनीले आज सकरात्क सर्किट लगाएका हुन।

सर्किट पछि धेरै कमाउने कम्पनीः

युनियन हाईड्रोपावर, जनउत्थान सामुदायीक लघुवित्त, अपि पावर कम्पनी, चन्द्रगिरी हिल्स, युनाईटेड मोदी हाईड्रोपावर लगायत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाले भने आजको दिनमा पनि केही कमाई गरेका हुन ।

सर्वाधिक कारोबार गर्ने कम्पनीः

नेप्सेको लगातार ओरालो यात्रामा पनि नेपाल ईन्फ्रास्टक्चर कम्पनीले सर्वाधिक रुपैयाँको कारोबार गरेको छ । आज यो कम्पनीले २५ करोड ४५ लाख ९८ हजार ६ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको हो । त्यस्तै दोस्रोमा हिमाल दोलखा हाईड्रोपावरले २२ करोड ६ लाख २४ हजार ७ सय तीन रुपैयाँ बराबरको कारोबार गरेको छ भने तेस्रोमा नागरीक लगानीकोषले अधिपत्य जमाएको छ । सिआईटीले आज १८ करोड ३७ लाख ६१ हजार ५ सय २८ रुपैयाँ बराबरको कारोबार गरेको हो ।

सार्वधिक गुमाउने कम्पनीः

यो दिनमा लिर्वर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा १८ अंकको गिरावट आएको छ । भने नारायणी डेभलपमेण्ट बैंकको सेयर मूल्यमा २२ अंकको गिरावट आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...