back

डिजिटल भुक्तानी प्रणालीमा जोडियो आयल निगम, डिलर तथा पार्टनरले अनलाईनबाटै भुक्तानी गर्न सक्ने

काठमाडौँ । नेपाल आयल निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको हो।

निगमले उक्त सेवा औपचारिक थालनी गरेको चार दिनमा नै निगमको ३.९७ अर्ब रुपैयाँ बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।
विभिन्न प्रक्रियाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको हो ।

यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरुमार्फत संकलन पनि एनसीएचएलको प्रणालीमार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ। यससँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइनमार्फत गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने जनाएको छ ।

डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?

१. डिलरले आफ्नो बैंक।वित्तीय संस्थालाई भुक्तानी आदेशसँगै आफ्नो Customer ID र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ।

२. बैंक/वित्तीय संस्थाले उक्त जानकारीअनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएको प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्।

३. यसरी शाखाबाट १० लाखसम्मको रियल–टाइम अन्तरबैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रतिकारोबार रु १ करोडसम्म तथा नन रियल–टाइममा रु २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।

४. त्यसैगरी डिलरहरुले निगमलाई भुक्तानी गर्न  www.connectips.com, यसको मोबाइल एप, कर्पोरेटपे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्ट आईपीएस (गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन्। यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ।

एनसीएचएलको कनेक्ट आईपीएसमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा फन्ड ट्रान्सफर तथा अन्य विभिन्न भुक्तानी गर्न सकिन्छ। त्यसैगरी एनसीएचएल–आईपीएसमा ६२ र कर्पोरेटपेमा ३० बैंक तथा वित्तीय संस्था आबद्ध रहेका छन्। डिजिटल भुक्तानी प्रणालीहरुमार्फत एनसीएचएलले सरकारी र अर्धसरकारीलगायतका विभिन्न निकाय तथा संस्थाहरुलाई डिजिटलाइजेसनमा जोडिन आवश्यक सहायता गर्दै आएको छ।

२०७८ साउन ७ गते प्रकाशित


बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

वि.सं.२०८२ वैशाख ३ बुधवार १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू...

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३४

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र...