back

डिजिटल भुक्तानी प्रणालीमा जोडियो आयल निगम, डिलर तथा पार्टनरले अनलाईनबाटै भुक्तानी गर्न सक्ने

काठमाडौँ । नेपाल आयल निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको हो।

निगमले उक्त सेवा औपचारिक थालनी गरेको चार दिनमा नै निगमको ३.९७ अर्ब रुपैयाँ बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।
विभिन्न प्रक्रियाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको हो ।

यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरुमार्फत संकलन पनि एनसीएचएलको प्रणालीमार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ। यससँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइनमार्फत गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने जनाएको छ ।

डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?

१. डिलरले आफ्नो बैंक।वित्तीय संस्थालाई भुक्तानी आदेशसँगै आफ्नो Customer ID र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ।

२. बैंक/वित्तीय संस्थाले उक्त जानकारीअनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएको प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्।

३. यसरी शाखाबाट १० लाखसम्मको रियल–टाइम अन्तरबैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रतिकारोबार रु १ करोडसम्म तथा नन रियल–टाइममा रु २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।

४. त्यसैगरी डिलरहरुले निगमलाई भुक्तानी गर्न  www.connectips.com, यसको मोबाइल एप, कर्पोरेटपे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्ट आईपीएस (गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन्। यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ।

एनसीएचएलको कनेक्ट आईपीएसमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा फन्ड ट्रान्सफर तथा अन्य विभिन्न भुक्तानी गर्न सकिन्छ। त्यसैगरी एनसीएचएल–आईपीएसमा ६२ र कर्पोरेटपेमा ३० बैंक तथा वित्तीय संस्था आबद्ध रहेका छन्। डिजिटल भुक्तानी प्रणालीहरुमार्फत एनसीएचएलले सरकारी र अर्धसरकारीलगायतका विभिन्न निकाय तथा संस्थाहरुलाई डिजिटलाइजेसनमा जोडिन आवश्यक सहायता गर्दै आएको छ।

२०७८ साउन ७ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...