back

भारतमा थपिए ३० हजार ९३ नयाँ सङ्क्रमित

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ६ हजार १३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ३७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार ४८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४५ हजार २५४ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ५३ हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार १३३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९२ हजार ३३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार ४०१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...